काठमाडौं, वैशाख २७ ।

थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ८ बजे अध्यावधिक गरेको विवरण अनुसार थप सात जनामा कोरोनाको संक्रमण भेटिएको छ।
संक्रमित सात जनमध्ये ३ जना उदयपुर भुल्के, ३ जना कपिलवस्तु र बाँकी एक जना संक्रमित पर्सा छपकैया हुन्।संक्रमित हुनेमा ३ महिला र ४ पुरुष रहेका छन्। संक्रमित महिलाहरूको उमेर १८, ४५ र ६५ वर्ष रहेको छ।
यस्तै पुरुषहरूमा भने एक जना १७ वर्षका र दुई जना १८ वर्षका युवक रहेका छन्।यसैगरी पर्साका संक्रमित पुरुष ६२ वर्षका हुन्।मन्त्रालयको विवरण अनुसार उनीहरू सबैको अवस्था सामान्य रहेको छ। उनीहरू सबै चिकित्सकको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल(विराटनगरमा भएको परीक्षणले उनीहरूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो।
सेतोपाटी
यो विषयमा टिप्पणी गर्नुहोस् !