एजेन्सी,वैशाख २६ ।
भारतको महाराष्ट्रमा शुक्रबार मालवाहक रेलले किच्दा १६ आप्रवासी कामदारको मृत्यु भएको छ।
अउरंगावाद जिल्लाको घोडेजाल्गाउँमा रेलको लिकमा सुतेका ती आप्रवासी मजदुर घर जान हिँडेका थिए।
बिहान साढे ५ बजेतिर नान्डेदबाट मनमान जान लागेको पेट्रोलिय पदार्थ बोकेको रेलले उनीहरूलाई किचेको हो।
नजिकैको अर्को जिल्ला जल्नाको स्टिल कम्पनीका काम गर्ने ती मजदुरहरू लकडाउनले काम बन्द भएपछि घर जान हिँडेका थिए।
सडकबाट हिँड्दा प्रहरीले सोधपुछ गर्ने र जान नदिने ठानेर उनीहरूले रेलको लिकैलिक यात्रा तय गरेका थिए।
शुक्रबार बिहान फेरि हिँड्ने योजना बनाएर सुतेका उनीहरूलाई बिहान नउठ्दै रेलले किचेको हो। भुसवाल भन्ने ठाउँमा उनीहरूलाई घर जाने रेल पाइन्छ भन्ने आशा थियो।
घटनामा परी घाइते भएका पाँच जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुस्ख व्यक्त गरेका छन्।
भारतमा कोरोनाभाइरसको संक्रमण रोक्न गत मार्च २५ देखि देशव्यापी लकडाउन गरिएको छ। अकस्मात गरिएको लकडाउनले करोडौं आप्रवासी मजदुर विभिन्न राज्यमा अलपत्र परेका थिए।
तीमध्ये कतिपय हिँडेर घर गएका छन् भने कतिलाई पछि बसररेलबाट घर पठाइएको थियो।अझै पनि लाखौं मजदुर विभिन्न ठाउँमा फसेका छन्।
यो विषयमा टिप्पणी गर्नुहोस् !