द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, बैशाख २५ ।

लकडाउनका कारण समस्या खेपिरहेका १ सय ५० परिवारलाई स्टोरीज अफ नेपालले राहत सहयोग गरेको छ ।

पछिल्लो पटक जनकपुरधाम वडा नं. ४ र ९ लगायतका स्थानमा ५० परिवारलाई राहत सहयोग गरिएको राहत वितरणमा संलग्न संचारकर्मी विकास साहले बताए ।

यस अघि पहिलो चरणमा जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ३, ४, ७ र औरही गाउँपलिकाको वडा नं. २ परवाहा लगायतका स्थानमा गरी १ सय थान राहत प्याकेज वितरण गरिएको थियो ।

अधिकांश गरिब तथा विपन्न परिवारको घरमा चुल्हो निभिसकेको अवस्थामा स्टोरीज अफ नेपालले प्रति परिवार चामल–१० केजी , दाल–१.५ केजी, आलु – ५ केजी, प्याज– २ केजी, खाने तेल – १ लिटर , नुन– १ केजी , साबुन –५ पीस ,बिस्कुट– ५ पीस र सेनिटरी प्याड – १ प्याकेट बाँडेको हो ।

स्थानीय जनप्रतिनिधीहरुले आफ्नो स्तरबाट राहत बाँडिरहँदा थप सहयोग गर्ने उदेश्यका साथ सरकारी राहत लिन छुटेका तथा दुई छाक टार्न संघर्ष गरिरहेका परिवारलाई सहयोग गर्ने स्टोरीज अफ नेपालका संचालक जय पौडेलले जनकपुरधाममा मात्र नभई नेपालका विभिन्न जिल्लाहरुमा सहयोग गरिरहेका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !