काठमाडौं, वैशाख २४ ।

सरकारले बिहीबार साँझ देशभरि घरघरमा दीप प्रज्वलन गर्ने निर्णय गरेको छ।
बुधबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बुद्ध जयन्तिको अवसर र कोरोनाभाइरसविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
’२५ गते बुद्ध जयन्ती पनि परेको र बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने सन्देश दिन दीप प्रज्वलन गर्न लागिएको हो’ ।
ती मन्त्रीले भने ’कोरोनाविरुद्ध अग्रपंक्तिमा रहने सुरक्षााकर्मी र स्वास्थ्यकर्मीको मनोवल बढाउन तथा सबैमा एकताको सन्देश दिन दीप प्रज्वलनका लागि आव्हान गरिएको हो।’सोही बैठकले लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ।
कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो।
लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ।लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जना पुगेका छन्।
साभार सेतोपाटी
यो विषयमा टिप्पणी गर्नुहोस् !