Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
No Result
View All Result
No Result
View All Result

फुटबलर समीक्षाको उपचारमा चिकित्सकको लापरवाही


फुटबलर समीक्षाको उपचारमा चिकित्सकको लापरवाही


रासस
काठमाण्डौं, बैशाख २३ ।

चिकित्सकको लापरवाहीका कारण महिला फुटबलकी उदीयमान खेलाडी समीक्षा मगरको उपचार कठिन बनेको छ । गम्भीर चोट लागेको १२ दिन भइसक्दा पनि मगरको आँखाको शल्यक्रिया गर्न सकिएको छैन ।

उनको आँखाको घाउ दिन प्रतिदिन बढ्दै गएको छ । उदयपुरको बेलका नगरपालिका–६ की समीक्षाको यही वैशाख १२ गते बारीमा काम गर्दा ढुङ्गा उछट्टिँदा दाहिने आँखामा चोट लागेको थियो ।

अर्को दिन उनलाई उपचारका लागि बुबा र दाजुले मोटरसाइकलमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइपुर्याएका थिए । प्रतिष्ठानका चिकित्सकले आँखाको उपचार थाल्नुको सट्टा समीक्षालाई कोरोना भाइरसको आशङ्कामा आइसोलेसनमा राखेका थिए ।

“उदयपुरबाट आएको भन्ने थाहा पाएपछि आइसोलेसनमा राखे, उपचारतर्फ ध्यान दिएनन्”, हाल विराटनगरस्थित आँखा अस्पतालमा रहेका समीक्षामा बुबा दलबहादुरले फोनमा भन्छन्,

“चिकित्सकको लापरवाहीले छोरीको उपचारमा समस्या भयो ।” चार दिनपछि चिकित्सकले उपचार हुन नसक्ने भन्दै विराटनगर आँखा अस्पताल लैजान उनलाई सल्लाह दिएका थिए ।

धरानका चिकित्सकले तीन दिनसम्म आइसोलेसनमा राखेकै कारण समीक्षाको उपचार गर्न कठिन बनेको छ । “समयमै अस्पताल नपुर्याउँदा चिकित्सकले आँखाको ज्योति गुम्ने खतरा बढ्यो भनेका छन्”,

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्रदेश नं १ उपाध्यक्ष किशोर राईले भन्छन्, “शल्यक्रिया गर्न ढिला भएको छ, चिकित्सकसित सल्लाह गरिरहेका छौँ ।”

घाउ नघटेकाले शल्यक्रिया गर्न ढिला भएको चिकित्सकले जानकारी गराएको उनले बताए । समीक्षाको उपचारको सबै खर्च एन्फाले बेहोर्ने राईले जानकारी दिए ।

बारीमा सिमल तरुल खन्ने क्रममा १५ वर्षीया समीक्षाको आँखामा चोट लागेको थियो । आँखा दुख्न थालेपछि उनलाई रामपुर ठोक्सिला स्वास्थ्य चौकी पुर्याइएको थियो । आँखाको नानीमा चोट लागेका कारण उनलाई चौकीका स्वास्थ्यकर्मीले उपचारका लागि धरान लैजान सल्लाह दिएका थिए ।

उनलाई ज्वरो आएको भन्दै बिपी प्रतिष्ठानका चिकित्सकले कोरोना भाइरसको आशङ्का गरे । उपचारतर्फ नलागिकन समीक्षालाई आइसोलेसनमा राखियो । “हामीले उपचार भइरहेको छ भन्ने ठान्यौँ”,

समीक्षाका दाजु सनमले भन्छन्, ‘चार दिनपछि चिकित्सकले विराटनगर लैजानुस् भनेपछि आत्तियौँ ।” समीक्षाको नमूना सङ्कलन गरेर परीक्षण गरेपछि तीन दिनपछि उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

समीक्षालाई वैशाख १८ गते विराटनगरस्थित आँखा अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्थाबारे बुबा दलबहादुर र दाजु सनमलाई खासै जानकारी छैन ।

दुवै जना समीक्षालाई सन्चो होला कि भनेर अस्पतालमा कुरेर बसेका छन् । उपचारका लागि ढिला ल्याएका कारण समस्या जटिल रहेको चिकित्सले जानकारी दिएको सनमले बताए । अहिले दुवै जनाको मन भतभती पोलिरहेको छ ।

“धरानका चिकित्सकले शुरुमै आँखा अस्पताल लैजान सल्लाह दिएको भए यस्तो हुँदैनथ्यो”, बुबा दलबहादुरले भन्छन् । यु–१६ राष्ट्रिय महिला टोलीकी सदस्य समीक्षाले स्थानीय लिटिल स्टार स्कुलबाट ८ कक्षाको परीक्षा दिएकी हुन् । उनी स्थानीयदेखि राष्ट्रियस्तरका फुटबल प्रतियोगितामा भाग लिँदै आएकी थिइन् ।

अग्रपङ्क्तिमा खेल्ने गरेकी समीक्षा सम्भावना बोकेकी खेलाडी थिइन् । आर्थिक अवस्था निकै कमजोर भएका कारण हाल उनको उपचारमा विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । उनको उपचारका लागि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सोमबार रु २५ हजार सहयोग गर्नुभएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता अशोक ऐरले समीक्षालाई ज्वरो आएका कारण शुरुमै आइसोलेसनमा राखिएको बताए । “ज्वरो धेरै आएकाले कोरोनाको आशङ्कामा आइसोलेसनमा राखिएको हो, पछि उपचार गर्दा यहाँ निको हुने देखिएन, विराटनगर लैजान सिफारिस गरेका हौँ”, उनले भन्छन् ।

Tags: लापरवाही

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

12 months ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

1 year ago
जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

1 year ago
जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

No Result
View All Result

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.