
द सौर्यमिथिला समाचारदाता
जनकपुरधाम, बैशाख २३ । नेपालगन्जमा भएको परिक्षणमा थप ७ जनामा कोरोना संक्रमनको पुष्टि भएको हो । आज बढेको नयाँ ७ जना संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। मंगलबार भेरी अस्पताल, नेपालगञ्जमा भएको परिक्षणमा ७ जना नयाँ संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज-८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन्। मन्त्रालयका अनुसार उनीहरु स्वास्थ्य अवस्था सामान्य रहेको र स्वस्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !