
द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख २२ ।
महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर २ अलिपट्टीकी राजकुमारी देवी विगत कयो वर्षदेखि जनकपुरधाम वडा नम्बर ७मा रहँदै आएकी छन् । उमेरले ७५ वर्ष पार गरि सकेकी राजकुमारी काम गर्न सक्ने स्थितिमा छैनन् ।
कोरोना संक्रमणको त्रासका बिच नेपाल सरकारले लकडाउन लगाएपछि उनको जीवन कष्टपूर्ण बन्दै गईरहेको छ । यद्यपि उनलाई राहत स्वरुप हालसम्म कुनै निकायले सहयोग नगरेको राजकुमारी बताउँछिन् ।
राजकुमारी घरमा एक्लै छिन् त्यस्तो पनि होइन् घरमा ४५ वर्षिय एक छोरो छन् जो शारिरिक रुपले अशक्त छन् । छोरोको रेखदेख समेत गर्नुपरिरहेको भन्दै उनले भनिन् ‘ एक्लै भएको भए जसोतसो गुजारा गरि हाल्थे तर यो बुढेसकालमा अशक्त छोरोको देखभाल कसरी गरु ?’
अन्य दिनमा कसरी चलाउनु हुन्थ्यो गुजारा प्रश्नमा उनले भनिन् ‘ दुई छोरीको आशमा जीन चलिरहेको छ ।’ उनको दूबै छोरी भारतमा रहँदै आएकी छन् । उनीहरुले नै समय समयमा आर्थिक सहयोग गर्दै आई रहेकी थिइन् ।
तर पछिल्लो पटक लकडाउन भएपछि सो सहयोग आउने बाटो पनि बन्द भएको उनले दुखेसो पोखिन् ।
लकडाउन लामो हुँदै गएपछि वृद्धा राजकुमारी र ४५ वर्षिय उनको अशक्त छोरो शम्भु मिश्रलाई भोक भोकै बस्न बाध्य छिन् । उनलाई असहाय संरक्षण मञ्चका अध्यक्ष वैद्यनाथ साहले दुई किलो चामल, आधा किलो दाल, १ किलो आलु, आधा किलो प्याज, मस्योरा राहत उपलब्ध गराए ।
यो राहत उनीहरुका लागि अपर्याप्त थिए । हुनत राजकुमारी वडा नम्बर ७मा समेत राहतका लागि पहल गरेको बताइन् । तर वडा नम्बर ७मा राहत सामाग्री वितरण हुँदा समेत उनलाई राहत उपलब्ध नगराइएको गुनासो गरिन् । ७५ वर्षिया वृद्धा राजकुमारी लकडाउनको ४१ दिनपछि पनि राहतको पर्खाईमा छिन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !