
द सौर्यमिथिला समाचारदाता
जनकपुरधाम, वैशाख २१ । नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले पुष्टि गरेका छन् ।
भेरी अस्पताल, नेपालगंजको प्रयोगशालामा भएको परीक्षणमा थप ६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । यस भन्दा पहिले आज नै नेपालगंजमा ९ जना कोरोना संक्रमित रहेको पुष्टि भएको थियो ।
बाँकेको नेपालगञ्जमा आइतबार एकैदिन १५ जना नयाँ संक्रमित भेटिएका हुन् । त्यस्तै आज नै पर्सामा समेत एक जना कोरोना संक्रमित पुष्टि भएको थियो । नेपालगंज ८ निवासी १६, २१, ३४ वर्षका पुरुष र ४०, ५५, ६० वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । पुष्टि भएको ६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !