द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख २१ ।
नेपालमा थप एकजना नयाँ कोरोना संक्रमित पुष्टि भएको हो । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैयाका एक जना ३६ वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डा. रामप्रसाद घिमिरेले नियमित मिडिया ब्रिफिंगमा जानकारी दिएका छन् ।
संक्रमित पुरुषको स्वाब सँकलन गरि राष्ट्रिय जन स्वास्थय प्रयोगशाला टेकुमा पठाइएकोमा त्यहाँ रिपोर्ट पोजेटिभ आएको सचिव घिमिरेले जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको हो ।
यो विषयमा टिप्पणी गर्नुहोस् !