
एजेन्सी भेनेजुएला, वैशाख २१ ।
ल्याटिन अमेरिकी देश भेनेजुएलाको एक कारागारमा भएको दंगामा ४० जना कैदीको मृत्यु भएको छ।
पश्चिमी नगर गुआनारे नजिक पर्ने लोस लानोसस्थित कारागारमा रहेका कैदीहरू खाना र पानी अभावलाई लिएर आक्रोशित बनेको त्यहाँको कारागारसम्बन्धी गतिविधि निगरानी गर्ने भेनेजुएलन प्रिजन अबजर्भेटरीले जनाएको छ ।
कैदीहरूले जेल तोड्ने प्रयास गरेको भन्ने जेलका अधिकारीको भनाइमाथि आशंका गर्दै सो संस्थाले घटनाको जाँचका लागि आव्हान गरेको छ ।घटनामा गभर्नरसहित जेलका कर्मचारी घाइते बनेका छन् ।
भेनेजुएला
जेल मन्त्री इरिस भारेले जेलमा घटना भएको बताए पनि मृतक संख्या नदिएको समाचार त्यहाँका एक समाचारपत्रले प्रकाशित गरेका छन्। घटनालाई सो पत्रिकाले जेल तोड्ने प्रयास भनेको छ ।
कोरोना भाइरसको रोगथामका लागि सरकारले विभिन्न उपायहरू अपाउन थालेपछि फोहोर र खचाखच रहेका ल्याटिन अमेरिकी देशका जेलहरूमा यस्ता दंङगाहरू बढ्न थालेका छन् ।
यी उपायहरूले कैदीहरूलाई आफन्तहरुले ल्याउने खाना लिन निषेध गरेको छ जबकी उनीहरू यसमै निर्भर हुने गरेका छन् ।
बिबिसीमा प्रकाशित समाचारका अनुसार भेनेजुएलन प्रिजन अब्जर्भेटरीका अनुसार दङ्गामा ५६ जना कैदीको ज्यान गएको र एक स्थानीय अस्पतालको आकस्मिक उपचार कक्ष घाइतेहरूले भरिएको जनाएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !