
एजेन्सी सुकर, वैशाख २१ ।
ल्याटिन अमेरिकी देश बोलिभियामा शनिबार भएको सैन्य विमान दुर्घटनामा चालक दलका दुई सदस्यसहित ४ जना स्पेनी नागरिकको मृत्यु भएको छ।कोरोना भाइरसका कारण अलपत्र परेका ती स्पेनी नागरिकलाई स्वदेश फर्काउनका लागि सो विमानबाट सान्टाक्रुजमा लगिदैं थियो।
त्यहाँको वायुसेनाका अनुसार सो विमान ट्रिनिडाडको दक्षिणपूर्वि शहर नजिकै दुर्घटनामा परेको थियो।कोरोना महामारीको रोकथामका लागि बोलेभियाले आफ्नो अन्तराष्ट्रिय सीमानाका बन्द गरेको छ।
बोलेभियन अधिकारीहरूले विमान दुर्घटनाको जाँचका लागि एक समिति गठन गरेको छ। समितिलाई ८ दिनभित्र घटनाको विवरण बुझाउन भनिएको छ।विमान अपरान्हको समयमा दुर्घटनामा परेको थियो।
प्रारम्भिक विवरण अनुसार विमानस्थलबाट उडेको १२ मिनेटमै इञ्जिन फेल भएको भन्दै विमान चालकले आफूहरू ट्रिनिडाड विमानस्थल फर्किन लागेको बताएका थिए।त्यसपछि विमान सम्पर्क्विहिन भएको थियो।
यो विषयमा टिप्पणी गर्नुहोस् !