
द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख २० ।
जनकपुरधामका महेन्द्र प्रसाद साहले जनकपुरधाम १० मा पिन्न परिवारलाई राहत वितरण गरेका छन् ।
जनकपुरधाम १० स्थित चित्रगुप्त सेवा समितिको प्राङ्गणमा विपन्न परिवारलाई उनले आज राहत उपलब्ध गराएका हुन् ।
देवी चोकस्थित खबर गरी विपन्न परिवारको नामावली संकलन गरेर तिन सय परिवारलाई राहत वितरण गरिएको साहले बताए ।
साहले भने,’विगत ४० दिनदेखिको लकडाउनका कारण गरिब तथा विपन्नहरु बढि समस्यामा परेकाले उनीहरूको पीडा सह्न नसकेर मैले आफ्नो व्यक्तिगत तवरबाट राहत बाँटे ।’
अहिलेको संकटपूर्ण अवस्थामा अन्य सहयोगी हातहरुलाई समेत अगाडी बढ्न उनले आग्रह समेत गरे ।
सो कार्यक्रममा समाजसेवी साहलाई नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले सहजीकरण गरि सहयोग गरेका थिए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !