रासस
सिन्धुली, बैशाख २० ।
यहाँको तीनपाटन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गर्ने भएको छ । भूगोल र माटो सुहाउँदो उन्नत जातको धानको बीउ वितरण गरी उत्पादनमा वृद्धि गर्ने उद्देश्यले धानको बीउ वितरण गर्न लागिएको हो ।
गाउँपालिका उपाध्यक्ष पदममाया तामाङले आर्थिक वर्ष २०७६र७७ को वार्षिक गाउँसभाबाट स्वीकृत तेस्रो चौमासिक कार्यक्रमअन्तर्गत किसानलाई उन्नत जातको धानको बीउ वितरण गर्न लागिएको जानकारी दिए ।
उनले भन्छन्, “पूरै अनुदानमा किसानलाई धानको बीउ वितरण गर्दा सही सदुपयोग हुन नसक्ने भन्दै किसान र गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत मूल्यमा धानको बीउ वितरण गर्न लागिएको हो ।”
गाउँपालिकाको कृषि शाखा लाम्पान्टारबाट ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण भइरहेको हुँदा आफूलाई पायक पर्ने कृषि प्राविधिक, गाउँपालिका कृषि शाखा तथा ११ वटै वडा कार्यालयमा सम्पर्क गरी धानको बीउ लिन उनले आग्रह गर्नुभयो ।
मागको आधारमा किसानलाई धानको बीउ वितरण गरिने उनको भनाइ छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !