एजेन्सी रसिया, वैशाख २० ।
रसियाले शुक्रवार देशमा कोरोना भाइरस संक्रमितको संख्यामा दैनिक वृद्धि देखिएको जनाएको छ।
शुक्रवार राष्ट्रव्यापी रुपमा ७ हजार ९ सय ३३ नयाँ संक्रमित प्रमाणित भएसँगै कुल संक्रमित संख्या १ लाख १४ हजार ४ सय ३१ पुगेको रसियाको कोरोनाभाइरस संकट केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा मात्रै संक्रमणका कारण ९६ जनाले ज्यान गुमाएका छन्।
यो सँगै रसियामा कोरोना भाइरसका कारण मृत्यु हुने संख्या १ हजार १ सय ६९ पुगेको छ।
यसैगरी रसियाका प्रधानमन्त्री मिखाइल मिसुस्टिन पछि मन्त्रीपरिषद्का निर्माण मन्त्री भ्लादिमीर याकुशेभलाई पनि कोरोनाको संक्रमण पुष्टि भएको छ।
उनका एक प्रतिनिधि भोल्कोभलाई समेत कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जनाएको छ।
रसियामा कोरोनाको असर अन्य धेरै देशहरू भन्दा ढिलो सुरु भएको भएपनि गत महिनाबाट यो संख्या तीव्र गतिमा बढिरहेको छ।
राष्ट्रपति पुटिनले यस महामारी अझ चुलिन सक्ने चेतावनी दिएका छन्।
यसैगरी रसियाका सरकारी अधिकारीहरूले लकडाउन नमानेमा संक्रमण संख्या अझै बढ्ने चेतावनी दिएका छन्।
यो विषयमा टिप्पणी गर्नुहोस् !