
एजेन्सी बाङ्गुली, वैशाख २० ।

दुई वटा सशस्त्र समूहका बीचमा भएको भिडन्तमा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा २५ जनाको मृत्यु भएको छ।
देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने एनडेल भन्ने ठाउँमा बुधबार भिडन्त भएको स्थानीय सञ्चार माध्यमहरुले शुक्रबार जनाएका छन्।

दुई पक्षीय भिडन्त एनडेलको मध्य बजारमै भएको थियो। घटनामा ५१ जना घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।
दुई पक्षका वीचमा किन भिडन्त भएको थियो भन्ने कुरा अहिलेसम्म पनि अज्ञात नै रहेको समाचारमा जनाइएको छ।
यस क्षेत्रमा यसअघि पनि अन्तजातीय द्वन्द्व बेला बेलामा हुने गरेको थियो। विषेश गरेर गौला र रौङ्गा समूहका बीचमा भिडन्त हुने गरेको हो।
यो विषयमा टिप्पणी गर्नुहोस् !