
द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, बैशाख १९ ।
कारोना भाइरसको सँक्रमण रोक्नको लागि सरकारले गरेको लकडाउनका बेलामा प्रदेश नम्बर २ को बिभिन्न जिल्लाका नाका भएर एक हजार ६ सय २८ जना भारतबाट नेपाल प्रवेश गरेका छन्।
सरकारले बैशाख ११ गतेबाट घोषणा गरेको लकडाउनको बेलामा पनि भारतसित सिमाना जोडिएका प्रदेश नम्बर २ को आठ जिल्लाका खुल्ला सिमाना भएर उनीहरु भारतबाट नेपाल प्रबेश गरेको स्वास्थय तथा जनसँख्या मन्त्रालय प्रदेश २ का सचिव राम प्रसाद घिमिरेले जानकारी दिए ।

नियमित्र पत्रकार समेलनमा घिमिरेले शुक्रबार प्रदेशका बिभिन्न आठ जिल्लामा रहेको भारतसँग जोडिएको खुल्ला नाका भएर उनीहरु नेपाल प्रबेश गरेको भन्ने बिबरण स्थानीय तहहरुबाट प्राप्त भएको बताए ।
लकडाउनको अवधिमा भारतबाट नेपाल प्रबेश गर्नेमा सबै भन्दा बढी पर्सा जिल्ला भएर मानिसहरु नेपाल आएका छन् ।
यहाँको खुल्ला नाका भएर ३ सय ४३ जना व्यक्ति नेपाल प्रवेश गरेका छन्।यस्तै सबै भन्दा कम बारा जिल्ला भएर मानिसहरु भारतबाट नेपाल प्रवेश गरेका छन ।
यो जिल्लाको खुल्ला नाका भएर ९३ जना भारतबाट नेपाल प्रबेश गरेको सचिव घिमिरेले जानकारी दिए ।
यस्तै प्रदेशमा रहेको सप्तरी जिल्लाको खुल्ला नाका भएर एक सय ५० जना, महोतरीबाट एक सय ५९ ,सर्लाही जिल्लाबाट तीन सय ३९,सिरहाबाट एक सय ७९,धनुषाबाट एक सय ३ र रौतहट जिल्लास्थित खुल्ला सिमाना भएर दुई सय ९२ जना ब्यक्तिहरु भारतबाट नेपाल प्रबेश गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै सचिव घिमिरेले यस बाहेक पनि खुल्ला सिमा नाकाको फाइदा उठाउदै कोही मानिस नेपाल प्रवेश गरेको भए स्थानीय समुदायलाई उच्च सर्तकता अपनाउन आग्रह गरे ।
यस्तै त्यस्ता व्यक्तिहरुको बारेमा तत्कालै स्थानीय पालिका,प्रहरीमा खबर गरि कोरोना रोकथाम नियन्त्रणमा सहयोग गरि दिनु हुन सचिव घिमिरेले सबैमा अनुरोध समेत गरे ।
यो विषयमा टिप्पणी गर्नुहोस् !