Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

जानकी नवमीमा जनकपुरधामका मन्दिरहरु सुनसान जानकी मन्दिरको प्रसादमा केक


जानकी नवमीमा जनकपुरधामका मन्दिरहरु सुनसान जानकी मन्दिरको प्रसादमा केक


द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख १९ ।

आज वैशाख नवमी तिथि अर्थात् जानकी नवमी । माता सीताको जन्म भएको दिन । यस दिन जनकपुरधाम सहित पूरै मिथिलाञ्चलका मन्दिरहरुमा उत्सव हुने गथ्र्यो ।

तर अन्य वर्षजस्तो जनकपुरधाममा रौनकता देखिएको छैन । लकडाउनले गर्दा यस वर्ष जानकी जन्म महोत्सव समेत प्रभावित भएको छ ।

जानकी जन्म महोत्सवको दिन पनि जानकी मन्दिरको मूलढोका बन्द नै रह्यो । सम्भवतः जानकी मन्दिरको इतिहासमा पहिलो पटक जानकी नवमीका दिन समेत श्रद्धालुहरुका लागि मन्दिरको मूल ढोका बन्द गरिएको पहिलो पटक हो ।

दैनिक हजारो श्रद्धालु आउने जानकी मन्दिरमा कोरोना संक्रमण त्रासको प्रभाव जानकी नवमी उत्सवमा समेत देखिएको छ ।

जानकी नवमीका दिन समेत छिट फुट व्यक्तिहरु मात्रै माता जानकीको दर्शनका लागि पुगेका थिए ।
जानकी मन्दिरमा अन्य वर्ष आजको दिन विशेष पूजा अर्चना तथा नाचगान गरेर जन्मको गीत ‘सोहर’ गाएर मनाइने गरिन्थ्यो ।

यस वर्ष भने खल्लो खल्लो अनुभूति भईरहेको जानकी मन्दिरमा पूजा गर्नका लागि पुगेकी श्रद्धालु सोनी मिश्राले बताइन् ।

आजको दिन समेत मन्दिरमा नआएर घरमै पूजा अराधना गर्नका लागि उत्तराधिकारी महन्थ रामरोशन दासले सार्वजनिक रुपमै आग्रह गरेका थिए ।

मिथिला नरेश राजर्षि जनकको पुत्रीको रुपमा वैशाख शुक्ल नवमीकै दिन जानकी जन्मेको ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ ।

कोरोनाको त्रास तथा नेपाल सरकारले लगाएको लक डाउन, सामाजिक दूरी पालन गर्नु पर्ने बध्यताका कारण हामी पनि मन्दिरमा यस वर्ष न आउन श्रद्धालूलाई आग्रह गरेका हौँ, महन्थ दासले भने, ‘जानकी नवमीमा घरघरमा दियो बाली साँझ सात बजे आज आरती गर्न सबैजनालाई आग्रह गरेका छौँ ।’

यस वर्ष मन्दिरमा हुने सोभा यात्रा, गीत संगीत, नाचगान सबै कोरोनाको कारण बन्द गरिएको छ । आज साँझ जानकी मन्दिरमा मिथिलाको परम्पराअनुसार विधिपूर्वक जानकी जन्ममहोत्सव तथा पूजा गरिनेछ ।

जानकी नवमीको अवसरमा केकको प्रसाद


माता जानकीको जन्मको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा प्रसादको रुपमा केक अर्पण गरिएको छ ।

मन्दिरका उत्तराधिकारी महन्थ दासले बिहानको विशेष पूजा गर्ने समयमा माता जानकीलाई प्रसाद स्वरुप केक अर्पण गरेका थिए । पछि सो प्रसाद मन्दिरमा उपस्थित श्रद्धालुहरुलाई समेत बाँडिएको थियो ।

यता माता जानकी जन्मको अवसरमा केक काटिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको बिरोध तथा पक्षका स्वरहरु सुनिएका छन् ।

कसैले परम्परा तोडेर जानकी मन्दिरमा केक कटिएकोे भन्दै रोष प्रकट गरेका छन् भने कोही केक समेत अन्य मिठाईहरु जस्तै परिकार भएकोले यसको बिरोध गर्नुको कुनै तुक नरहेको बताउँछन् ।

केक अर्पण गरिएको विषयमा उत्तराधिकारी महन्थ दासले माता जानकीलाई लड्डु, पेडा लगायतका मिठाईहरु प्रसादको रुपमा अर्पण गरिदै आएको थियो भने केक पनि मिठाई नै रहेकोले यसलाई अन्यथा रुपमा प्रस्तुत नगर्न आग्रह गरे ।

बिहारकुण्ड समेत सुनसान

जनकपुरधामको प्रसिद्ध धार्मिक स्थलहरु मध्ये एक हो विहार कुण्ड । विहार कुण्ड माता जानकी बाल्य अवस्थामा आफ्नो सखी सहेली सहित विहार गर्ने गर्थिन । सोही स्थलमा एउटा पवित्र सरोवर समेत रहेको छ । त्यसैले यो स्थलको नाम नै विहार कुण्ड पर्न गयो ।

विहार कुण्डमा समेत अन्य वर्षहरुमा धुमधामका साथ मनाइने गरिन्थ्यो तर यस पटक कोरोनाका कारण निर्धा्रित कार्यक्रमहरु समेत रोक्नु परेको सिया रघुवर कुञ्जका महन्थ रामकिशोर दासले बताए ।

उनले भने ‘यस वर्ष माता जानकी जन्मको अवसरमा विशेष कार्यक्रमहरुको आयोजना गर्ने प्रबल ईच्छा थियो तर कोरोनाका कारण गर्न नपाउँदा मनन खल्लो खल्लो भएको छ ।’

विहार कुण्डमा जम्मा ११वटा मन्दिरहरु रहेका छन् । सबै मन्दिरहरुमा जानकी जन्मको अवसरमा विशेष कार्यक्रमहरु हुने गथ्र्यो । तर ती सबै मन्दिरहरु यस पटक सुनसान देखियो ।

Tags: सुनसान जानकी मन्दिर

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

12 months ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

1 year ago
जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

1 year ago
जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.