
द सौर्य मिथिला समाचारदाता
काठमाडौं, बैशाख १९ ।
नेपालमा थप दुई जना नयाँ कोरोना संक्रमित बढेका छन । नेपालमा थप दुई संक्रमित पुष्टि भएसँगै बिहीबार संक्रमितहरुको कुल संख्या ५९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रुपन्देहीमा एक र बाँकेमा एक गरी दुई संक्रमित पुष्टि भएका हुन् ।
रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्ज बाँकेमा ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
उनीहरु दुवै जनालाई आइसोलेसनमा राखी उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा. अधिकारीले जानकारी दिएका हुन्।
नेपालमा अहिले सम्म १६ जना उपचार पश्चात् निको भएर घर फर्केका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !