
एजेन्सी कायरो, वैशाख १९ ।
इजिप्टमा सैनिक सवार एक सशस्त्र सवारीमा बम विस्फोट हुँदा एक सैन्य अधिकृत सहित १० जना मारिएको वा घाइते भएको हुनसक्ने त्यहाँका एक सैन्य प्रवक्ताले जनाएका छन्।
घटना इजिप्टको उत्तरी सिनाइ क्षेत्र स्थित बीर अल-अब्द शहरको दक्षिणी भागमा भएको हो।
उनले घटनामा कति जना मारिए भन्ने बारेमा कुनै जानकारी दिएनन्।
घटनाको हालसम्म कुनै समूहले जिम्मा लिएको छैन।
इस्लामिक राज्य समर्थक विद्रोही त्यहाँको रणनीतिक सीमा क्षेत्रमा सक्रिय रहँदै आएका छन्।
सन् २०१३ मा मुस्लिम ब्रदरहुडका मोहम्मद मर्सीलाई आन्दोलनबाट हटाइएपछि इजिप्टले इस्लामिक विद्रोहीबाट आक्रमण बेहोर्दै आएको छ।
त्यसयता सिनाइ प्रायद्वीपको उत्तरी क्षेत्रमा सयौंको संख्यामा प्रहरी र सैनिक मारिएका छन् ।
आतंककारीहरूले देशको अन्य भेगमा समेत आक्रमण गर्दै आएका छन्।
अप्रिल १४ मा कोप्टिक क्रिश्चियनहरू विरुद्ध इस्टरको सम्भावित आक्रमणको सूचना पाएपछि भएको कारवाहीमा एक प्रहरी र सात जना इस्लामिक विद्रोही मारिएका थिए। घटनामा तीन प्रहरी घाइते भएका थिए ।
सेना र प्रहरीले सन् २०१८ मा सिनाइ प्रायद्वीपसँगै देशको दक्षिणी क्षेत्र र लिबियाको सीमामा इस्लामिक विद्रोही विरूद्ध एउटा ठूलो अभियान सुरू गरेका थिए।
यो विषयमा टिप्पणी गर्नुहोस् !