Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

आपूर्ति सहज नहुँदा औषधि अभाव


आपूर्ति सहज नहुँदा औषधि अभाव

रासस

सर्लाही, बैशाख १८ ।
लकडाउनका समयमा आपूर्ति सहज नहुँदा जिल्लामा औषधि अभाव देखिन थालेको छ । सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै रोक नलगाएको भए पनि ढुवानीको असहजताका कारण औषधि अभाव देखिन थालेको औषधि व्यवसायीले बताएका छन् ।

विशेषगरी दम, मधुमेह, उच्चरक्तचाप, थाइराइड र मानसिक समस्या भएका बिरामीले सेवन गर्ने औषधि बजारमा अभाव देखिन थालेको डा घनश्याम सिंहले जानकारी दिए ।

कोरोनाको सङ्क्रमण फैलिन नदिन सीमानाका सिल गरिएका कारण नेपाली बजारमा नपाएका औषधि भारतबाट समेत ल्याउन नपाएको स्थानीयवासीले गुनासो गरेका छन् ।

सरकारले कोरोना सङ्क्रमण रोक्न लगाएको लकडाउन स्वागतयोग्य रहेको बताउँदै गम्भीर रोगबाट ग्रसित बिरामीको औषधि आपूर्तिका लागि पनि सरकारले कुनै ठोस निर्णय लिनुपर्ने स्थानीयवासीले बताएका छन् ।

नेपालका औषधि उत्पादक कम्पनीले प्रायः आपूर्ति सहज हुने ठूला शहरमा मात्र बढी जोड दिएका कारण साना शहरबजारमा औषधि अभाव देखिने अवस्था आएको व्यवसायीको गुनासो छ ।

औषधि व्यवसायीले लकडाउनका कारण आपूर्तिमा आएको असहजता, औषधि कम्पनीबाट नगद कारोवारको अनिवार्य प्रावधान लागू र आवश्यक औषधि बिरामी आफैँ गएर ल्याउनुपर्नेजस्ता कारणले बजारमा औषधिको अभाव देखिन थालेको स्थानीय औषधि व्यवसायीले बताएका छन् ।

बजारमा औषधि अभाव भएका कारण सामान्य स्वास्थ्य परेका बिरामीको जाँचमा समेत समस्या शुरु भएको चिकित्सक बताउँछन् ।

विवादका कारण राहत वितरण भद्रगोल

कोरोना भाइरस सङ्क्रमणबाट मुलुकलाई बचाउन गरिएको लकडाउनका कारण सङ्कटमा परेका विपन्न र गरिब परिवारलाई वितरण गरिनुपर्ने राहत सामग्री सर्लाहीमा अझै पनि वितरण हुनसकेको छैन ।

लकडाउन शुरु भएको ३८औँ दिन बित्न लाग्दासमेत जिल्लाका कतिपय स्थानीय निकायले राहत वितरण नै गर्न सकेका छैनन् ।

कतिपय स्थानीय निकायमा राहत वितरणमा विवाद हुँदा सुरक्षाकर्मीले अश्रुग्याससमेत प्रहार गर्नुपरेको छ भने कुनै स्थानीय निकायमा जनप्रतिनिधिमाथि नै स्थानीयवासीले आक्रमण गरेका छन् ।

रामनगर गाउँपालिका–४ मा राहत वितरण गर्ने क्रममा स्थानीयवासीको भीडले वडा कार्यालयमा तोडफोडसहित जनप्रतिनिधिमाथि आक्रमण गरेका थिए ।

विवाद भएपछि उक्त वडामा हाल राहत वितरण रोकिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार बर्माले जानकारी दिए ।

त्यसैगरी ईश्वरपुर नगरपालिका–१५ गौरीशङ्करमा केही दिनअघि राहत वितरणका क्रममा झडप भयो । वास्तविक विपन्न परिवार छुटेको तर नेता कार्यकर्ताका परिवार राहत पाउने लिष्टमा परेको भन्दै स्थानीयवासीले वडाध्यक्षसहितलाई आक्रमणको प्रयास गरेका थिए ।

झडप नियन्त्रणमा लिनका लागि प्रहरीले दुई सेल अश्रुग्यास नै प्रहार गरेको थियो । कौडेना गाउँपालिकाकामा अहिलेसम्म राहत वितरण शुरु नै हुनसकेको छैन ।

वडाबाट विपन्न परिवारको लगत सङ्कलनमा ढिलाइ भएकाले राहत वितरणको काम शुरु गर्न नसकिएको गाउँपालिका अध्यक्ष रामप्रसाद राय यादवले जानकारी दिए ।

बलरा नगरपालिकाकाका केही वडामा बाहेक अरु वडामा राहत वितरण हुनसकेको छैन ।

११ वडा रहेको बलरामा ३ नं वडाबाहेक सबैमा नगद नै दिने तयारी भइरहेको नगरप्रमुख अभयकुमार सिंहले जानकारी दिए ।

“सबै वडालाई रु तीन–तीन लाखका दरले बजेट निकासा गरिएको र सबै वडाले त्यही रु तीन लाखलाई परिवार सङ्ख्याअनुसार दामासायी नगद नै दिने तयारी गरिरहेका छन्”, नगरप्रमुख सिंहले बताए ।

नगरपालिकामा हालसम्म वडा नं ३, ७, ९ र ११ मा राहत वितरण भइसकेको साथै २ र ४ नं वडामा पनि दुई दिनभित्र राहत वितरण शुरु हुने नगरप्रमुख सिंहले बताए ।

त्यस्तै बसबरिया गाउँपालिकामा पनि हालसम्म राहत वितरण हुनसकेको छैन ।

खाद्यान्न खरिदका लागि बोलपत्र प्रक्रिया सकिएको र अब एक-दुई दिनभित्र गाउँपालिका कार्यालयमा सामान आइपुग्ने बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले बताए ।

त्यहाँ पनि वडावडाबाट सङ्कलन भएको लगतअनुसार तीन हजार घरधुरीलाई राहत वितरण गर्ने तयारी भएको छ ।

Tags: औषधि अभाव

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.