Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

सांसद विकास कोष सदाका लागि खारेज गर्न कांग्रेसको माग


सांसद विकास कोष सदाका लागि खारेज गर्न कांग्रेसको माग


काठमाडौं, वैशाख १८ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी बजेटमा सांसद विकास कोष खारेज गर्न माग गरेको छ। बुधबार राति सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय, प्रदेश र केन्द्र सरकारले विकास, निर्माणका कामहरू गर्ने भएकोले अब सांसदका नाममा बजेट दिइरहनु नपर्ने निष्कर्ष निकालेको हो।

‘सांसद विकास कोष नीति नै खारेज गर,’ कांग्रेस केन्द्रीय समितिले गरेको निर्णयमा भनिएको छ, ‘यस्ता बजेटका नीति नै खारेज गर्नुपर्छ।’कांग्रेसले यस्ता बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्न सकिने बताएको छ।

‘कोरोनाको जोखिम सामना गर्न आवश्यक ठूलो रकमका लागि सांसद विकास कोषका रूपमा विनियोजन गरिँदै आएको नीति खारेज गरेर कोरोना विरुद्धको सचेतना, सामग्री, राहत र उपचारमा रकम पर्याप्त प्रबन्ध गर्न बैठकले सरकारसँग माग गरेको छ,’ कांग्रेसले गरेको निर्णयमा भनिएको छ।

कांग्रेस संसदबाहिर र भित्र पनि अब सांसद विकास कोष नीति खारेजीको मागलाई प्राथमिकताका साथ उठान गर्ने भएको छ।प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार जनप्रतिनिधिहरू नभएको अवस्थामा सांसदबाट पनि विकास निर्माणका काम गर्न सकिने भन्दै त्यसबेला आवश्यकता ठानिएको थियो।

तर अब तीनै तहका सरकार बनेको र वडा तहमा पनि जनप्रतिनिधि रहेकोले विकास, निर्माणका काममा अब सांसदलाई रकम दिनुपर्ने नीति नै आवश्यकता नरहेको प्रवक्ता शर्मा बताउँछन्। कोरोना महामारीले झन् आर्थिक अवस्था कमजोर बनाएकाले बजेटबाट यस्ता कार्यक्रम हटाउनु पर्ने कांग्रेसको भनाइ छ।

‘सांसद विकास कोष नीति सधैंका लागि नै खारेजी हुनुपर्छ भन्ने कांग्रेसको माग हो,’ प्रवक्ता शर्माले भने, ‘जुनबेला स्थानीय तह थिएनन् त्यसबेला हामीसमेत लागेर सांसद विकास कोषमार्फत् विकास निर्माणका काम गर्न सकिन्छ भनिएको थियो। वडाध्यक्ष, गाउँरनगरमा जनप्रतिनिधि भएको बेला अब सांसदमार्फत् विकास गर्नुपर्ने अवस्था छैन।’

संविधानसभा निर्वाचनपछि नै यो कार्यक्रम हटाउनु पर्ने भए पनि अहिलेसम्म यसले निरन्तरता पाएको भन्दै कांग्रेसले अब कार्यक्रम नै हटाउनु पर्ने बेला आएको उल्लेख गरेको हो।

‘स्वास्थ्यको महामारी सकिएपछि आर्थिक संकटको खतरा छ। नेपालकै आर्थिक वृद्धिदर १.५ प्रतिशत हुने प्रक्षेपण छ। यस्तो बेला अत्यावश्यक स्वास्थ्यका क्षेत्रमा लगानी बढाउनुपर्छ। मितव्ययी हुनुपर्छ। यही अवसरमा सांसद विकास कोषको नीति नै खारेजी गर्नुपर्छ भन्नेमा हामी पुगेका हौं,’ शर्माले भने।

सांसद विकास कोषका रकम स्वास्थ्य लगायत अन्यत्र क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताए।‘पार्टीले नै यो कार्यक्रमको औचित्य छैन अब खारेज गरौं भन्ने निर्णय गरेपछि अब सांसदहरूले संसदमा पनि यसबारेमा अडान लिनुहुनेछ,’ शर्माले थपे।

आफूहरूको यो निर्णय सस्तो लोकप्रियताका लागि नभएको केन्द्रीय सदस्यसमेत रहेका शर्मा बताउँछन्।‘सस्तो लोकप्रियताका लागि हामीले यो निर्णय गरेको होइन,’ उनले भने, ‘ठिक समयमा जिम्मेवार ढंगले सोच्नुपर्छ भनेर पार्टीले नै निर्णय गर्नुपरेको हो।’

सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा आफूअनुकूलका योजना छानेर बजेट खर्च गर्न पाउने कार्यक्रम लामो समयदेखि निरन्तर छ।संघीय सांसदले छ करोड रूपैंया पाउँछन् भने प्रदेश सांसदले एक करोड ९२ लाखदेखि १५ करोडसम्म निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका नाममा बजेट विनियोजन गर्दै आएका छन्।संघीय सांसदले उक्त कोषमार्फत् नौ अर्बभन्दा बढी रकम खर्च गर्छन्।

Tags: विकास कोष

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago
जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

1 year ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.