
काठमाडौं, वैशाख १८ ।
पूर्वसभामुखसमेत रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च सम्मान दिने भएको छ।
जापान सरकारको उत्कृष्ट विभुषण (ग्राण्ड कोर्डन अफ द अर्डर द राइजिङ सन) पौडेललाई दिने निर्णय गरेको नेपालस्थित जापानी दूतावासले बुधबार निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
जापान(नेपाल सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गरेको भन्दै जापान सरकारले उक्त सम्मान पूर्वसभामुखसमेत रहेका ७६ वर्षीय कांग्रेस नेता पौडेललाई दिन लागेको हो।
पौडेलले जापान सरकारले आफूलाई सम्मान दिन लागेकोमा धन्यवाद व्यक्त गरेका छन् ।
साभार सेतोपाटी
यो विषयमा टिप्पणी गर्नुहोस् !