Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

मिथिलावासीले रञ्जु नामक योद्धा गुमाएको दिन


मिथिलावासीले रञ्जु नामक योद्धा गुमाएको दिन


द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, वैशाख १८ ।

आजभन्दा ठीक ८वर्ष अगाडी मिथिला राज्य संघर्ष समितिले मिथिलाको आवाज बुलन्द पार्नका शान्तिपूर्ण रुपमा जनकपुरधामस्थित रामानन्द चोकमा शान्तिपूर्ण धर्ना दिई रहेको थियो । धर्ना दिई रहेकै अवस्थामा ठूलो बम विस्फोट भएपछि ५ जनाले शहादत प्राप्त गरेका थिए । ती शहीदहरुले शहादत प्राप्त गरेको दिन प्रत्येक वर्ष जनकपुरधाममा बलिदानी दिवस मनाइने गरिन्छ ।

कोरोना भाइरसको संक्रमणको त्रासका बिच लगाइएको लकडाउनका कारण बलिदानी दिवस मनाउन नपाइएको मिथिलिा नाट्य कला परिषदका अध्यक्ष प्रमेश झाले जानकारी दिएका छन् । यद्यपि हामी उनलाई आफ्नो हृदयबाट मिथिला आन्दोलनका शहीदहरुलाई स्मरण गरिरहेको उनले बताए ।

मिथिला बम काण्डको ७ वर्षपछि पछिल्लो वर्ष पूर्व सांसद संजय साहलाई धनुषा जिल्ला अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाई सकेको छ ।बम विस्फोटबाट मिथिलावासीले मिथिलाकी योद्धा रञ्जुलाई गुमाए ।

विं.सं. २०६९ साल वैशाख १८ गते भएको सो बम विस्फोटबाट ५ जना शहीद भएका थिए । सो विस्फोटबाट मिथिलावासीले मिथिला आन्दोलनको योद्धा एवं प्रतिभावान कलाकार रञ्जु झालाई गुमाउनु परेको थियो । रञ्जुका अतिरिक्त सो विस्फोटबाट सुरेश उपाध्याय, दीपेन्द्र दास, झगरू मण्डल र बिमल शरणले समेत सहादत प्राप्त गरेका थिए ।

वि.सं. २०६९ साल बैशाख १८ गतेको त्यो कालो दिन मिथिलावासीले कहिल्यै विर्सने छैनन् । कारण त्यो दिन मिथिला भूमिमाथि ठूलै बज्रपात भएको थियो । जसको पीडा अहिलेपनि मिथिलावासीमा छँदैछ । यो त्यही दिन हो जुन दिन मिथिलावासीलाई रञ्जु झा जस्तो योद्धालाई गुमाउनु परेको थियो ।मिथिला नाट्य कला कला परिषदका हास्य कलाकार रामनारायण ठाकुर भन्छन् यो पीडा हामीहरुको हृदयबाट कहिल्यै हट्ने छैन कि अब रञ्जु हामी बिच रहिनन् ।

वि.सं. २०३४ सालमा जन्मेकी रञ्जु एउटा सामान्य परिवारकी थिइन् । उनी एउटा यस्तो सामान्य केटी थिइन् जसलाई भविश्यको योजनालाई लिएर कुनै चिन्ता थिएन । तर घडीको सूई संगै उनी विस्तारै यौवन अवस्थामा पुगिन् । यौवन अवस्थामा पुगेपनि रञ्जुको कुनै खास योजना थिएन । तर नियतिले जे चाहन्छ त्यो हामी सबैलै गर्नै पर्छ । उनको विवाह पनि भयो । उनी परिवार चलाउने अभिारा बढ्यो त्यसमाथि दुई सन्तानको पालन पोषणको जिम्मेबारी पनि ।

रञ्जु आफ्नो दूबै दुनू सन्तानको भविश्य प्रति धेरै नै चिन्तित हुन्थिन् । तर अरको आर्थिक तंगीका कारण केही गर्न पनि असमर्थ भईरहेकी थिइन् ।यसै क्रममा रञ्जुले आफू भित्र रहेको गायकी र लेखन क्षमतालाई उजागर गर्ने निधो गरिन् ।उनी आफ्नो श्रीमान संगै वि.सं २०५६ सालमा मिथिला नाट्य कला परिषदको परिसरमा आफ्नो गायकीको उडान भर्नका लागि पुगिन ।

तर मिनापका बरिष्ठ कलाकार सुनिल मिश्र उनको लेखन र गायकीबाट प्रभावित हुन सकेनन् । यद्यपि मिनापलाई महिला कलाकारको खाँचो थियो । मिश्रले त्यो लोभकै कारण रञ्जुलाई मिनापमा स्थान दिने निर्णयमा पुगे ।

रञ्जु गायिका बन्ने सपनाका साथ निरन्तर मिनापमा आवत जावत गर्न थालिन् । यसै क्रममा उनको भेट नाटककार महेन्द्र मलंगियासँग भयो । मलंगियाले उनलाई गायकीमा जानुभन्दा राम्रो अभिनय नै गर भनेर सुझाव दिए । मलंगिया जस्तो नाटककारको त्यो सुझावलाई उनले काट्न सकिनन् ।

उनी सोही वर्ष काठक लोक नामक नाटकमा पहिलो पटक अभिनय गरिन् । तर उनको अभिनयबाट कोही प्रभावित भएनन् ।तर जब उनी दोस्रो पटक गाम नहि सुतैया नामक नाटकमा आफ्नो अभिनयकको क्षमतामा उर्जा थपिन त्यसपछि नाटकका महारथिहरु पनि चकित भए ।

रञ्जुले ओ खाली मुह देखै छै, गाम नई सुतैया, ओरिजिनल काम, छुतहा घैल, पुस जाढ कि माघ जाढ, विर्जु विल्टु आ बाबु, प्रेत चाहे असौच लगायतका नाटकमा आफ्नो अभिनय प्रतिभाको कौशल देखाइन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानबाट २०५७ सालमा उत्कृष्ट कलाकारको पुरस्कार पाएकी रञ्जु दीपक रौनियारद्वारा निर्दे्िशत टेलि फिल्म चौखठ, पूजा, आमा-२, सृष्टि, कालाजारमा पनि आफ्नो सशक्त अभिनयको प्रस्तुती दिएकी थिइन् ।
यसका अतिरिक्त रञ्जुले बीबीसी नेपाली सेवाको रेडियो नाटक कथा मीठो सारङ्गीकोमा पनि आफ्नो आवाज दिएकी थिइन् ।

२०६९ सालसम्म रञ्जु मिथिलाका एउटा हस्ती बनिसकेकी थिइन् । सम्पूर्ण मैथिल नारीको नेतृत्व गर्ने क्षमता उनमा थियो । सोही अनुरुप मिथिला राज्य संघर्ष समितिद्वारा मिथिला राज्यको माग सहित गरिएको आन्दोलनमा महिला मात्र नभई पुरुषवर्गका कलाकारहरुलाई समेत उनले प्रेरित गरिन् ।मुदा यो कसलाई थाहा थियो मिथिला मैथिलीका लागि लड्ने रञ्जुका लागि यो अन्तिम लडाई हो ।

उनले मिथिलाका लागि आफ्नो प्राणको आहुति दिइन् ।त्यसैले त मिनापका तत्कालिन अध्यक्ष सुनिल मल्लिक उनलाई योद्धाको संज्ञा दिन्छन् । रञ्जुमा संघर्ष भरिएको थियो, उनी कुनै पनि चुनौती सहजै पार गर्न सक्ने क्षमता राख्थिन् ।

रञ्जुको छोरा आँशु झा गहभरी आँसु झार्दै भन्छन् आमाले हामीलाई छोडेर गएकी छैनन् उनी मेरो संस्कार, मेरो रगत, मेरो हृदयमा छिन् ।रञ्जु मिथिला रंगमञ्चको एउटा यस्तो कलाकार थिइन् जसको कमी कसैले पूरा गर्न सक्दैन ।

Tags: योद्धा गुमाए

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

7 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.