द सौर्य मिथिला समाचारदाता
महोत्तरी, वैशाख १७ ।
महोत्तरीको भङ्गहा नगरपालिका वडा नम्बर ७ मा विषाक्त मदिारा खाएर चार जनाको मृत्यु भएको छ ।
भङ्गहा नगरपालिका वडा नम्बर ७ मेघनाथ गोरहन्ना गाउँमा चार जनाको विषाक्त मदिरा खाएर मृत्यु भएको वडा सचिव विजय सिंहले जानकारी दिएका छन ।
उनका अनुसार विषाक्त मदिरा खाएर ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र महेन्द्र चौधरीको मृत्यु भएको हो ।
गाउँमा अत्यधिक मात्रामा रक्सी उत्पादन भइरहेकाले उनीह?को विषाक्त रक्सी सेवनबाट मृत्यु भएको बताइएको छ ।
महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले वैशाख ११ गते दुई जना र वैशाख १७ गते दुई जनाको मृत्यु भएको हो ।
मृतकमध्ये तीन जनाको दाह संस्कार गरि सकिएको छ भने लालबाबु सिंहको शव प्रहरीले नियन्त्रणमा लिई परिक्षणका लागि अस्पताल पुर्याएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !