
द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख १६ ।
कोरोना भाइरसको संक्रमणको डरका बिच नेपाल सरकारले अन्तर्रा्ष्ट्रिय सीमाहरु सील गरेको छ । यसका साथै नेपाल भित्रै लकडाउन समेत लगाएको छ ।
सीमा नाका बन्द तथा लकडाउनका कारण नेपाल भारत सिमा क्षेत्रमा मजदुरीका लागि नेपाल पसेका भारतीय मजदुरहरु नेपाली सीममा मै घेरिएका हुन् ।
लामो समय देखि लकडाउन हुदैँ आएकाले नेपालमा काम सकिएर रित्तै बसेका मजदुरहरु जसोतसो तराई मधेश झरेपनि सिमापार हुदैँ घर जान नपाउदाँ अहिले उनीहरुलाई कठिनाईको सामना गर्न परिररहेको छ ।
ललितपुर, काठमाडौँ, सिन्धुली, बर्दिवास, जनकपुरधाम हुदैँ जटही सिमानाकासम्म पुगेपनि आफ्नो देश भारतमा प्रवेश गर्न नपाएपछि उनीहरु अलपत्र परेका छन् ।
नेपाल भारत सीमामा सुरक्षाका लागि खटेका सशस्त्र प्रहरीले नेपाली सीमामै ती भारतीय मजदुरहरुलाई रोकेर राखेको छ ।
ललितपुर स्थित लेलेमा एचबी इँट्टा भठ्ठा उद्योगमा काम सम्पन्न गरि घर फर्किने क्रममा नगराईन नगरपालिका स्थित चोर नाका हुदैँ भारत प्रवेश गर्न खोज्ने ३३ जना भारतीय मजदुरहरुलाई सिमा सिल रहेको भन्दै सशस्त्र प्रहरीले सिमापार जान दिएनन् ।
सिमासिल रहेको भन्दै सशस्त्र प्रहरीले स्थानीय प्रहरी तथा सरोकारवालालाई जिम्मा लगाएको छ ।
ललितपुरबाट करिब ७ दिन सम्म पैदल यात्रा गर्दै गणतव्यसम्म पुग्न हिडेका करिब ३ दर्जन भारतीय मजदुरहरु अहिले नगराईन नगरपालिकाको शरणमा छन् ।
घर जान नपाउदाँ विद्यालयमा वास बसेका ३३ जना भारतीय मजदुरहरु घर सम्झिदैँ कहिले घर फर्किन पाउने भन्दै स्थानीय प्रशासनको प्रतिक्षामा रहेको देखिन्छ ।
ति भारतीय मजदुरहरु भारत विहार स्थित मधुवनी जिल्ला र दरभंगा जिल्लाका छन् । उनीहरुको भोजन तथा वासको व्यवस्था नगरपालिकाले नगराइन नगरपालिकाले राजेश्वर निधि माध्यमिक विद्यालयमा गरेको छ ।
विद्यालयमा भारतीय मजदुरहरुको रेखदेखका लागि दुई जना नेपाल प्रहरीका जवान र सशस्त्र प्रहरीको जवानलाई पनि खटाइएको छ ।
नगराइन नगरपालिका वडा नम्बर ३का वडाध्यक्ष देवलाल यादवले खाना पकाउनका लागि व्यवस्था गरिदिएपनि सुत्ने तथा बस्ने व्यवस्था नभएका कारण उनीहरु विद्यालयकै बरण्डामा भुइँमा सुत्न बाध्य रहेको बताए ।
भारत विहार राज्य दरभंगा जिल्ला अमैठीका ३५ वर्षिय चन्द्रभुषण सदाले एक सातासम्म ललितपुर, काठमाडौँ, सिन्धुली हुदैँ धनुषाको जटही नाकाबाट घर जान खोज्दा सिमामा रहेको प्रहरीले हामीलाई रोकेपछि हामी घर जान नपाएको दुखेसो सुनाए ।
उनले भने ‘जटही पुग्नै लाग्दा स्थानीयवासीहरुले राघोपुर तर्फबाट जानुस् भनेपछि हामी सोही बाटो भएर गयौँ तर प्रहरीले सीमा नै कट्न दिएनन् ।’
अगाडी भने ‘घर जान नपाएपछि यहाँ विद्यालयमै राखियो, खानलाई त पाई रहेका छौँ तर सुत्ने ठेगान छैन ।’उनीहरुको उचित व्यवस्थापनका लागि पहल भई रहेको वडाध्यक्ष यादवले बताए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !