
एजेन्सी न्यूयोर्क,वैशाख १६ ।
अमेरिकी जहाज निर्माता कम्पनी बोइङले ड्रिमलाइनर ७८७ जहाजको उत्पादन सुचारु गर्ने भएको छ। गएको एक महिनादेखि बन्द रहेको उत्पादन कम्पनीले क्यारोलिनामा भएको फ्याक्ट्रीबाट उत्पादन सुरु गर्ने भएको हो ।
कोरोना महामारीका कारण अप्रिल ३ देखि बन्द रहेको फ्याक्ट्रीमा मे ४ सम्म सबै कामदार फर्किएपछि उत्पादन सुरु हुने कम्पनीले जानकारी दिएको छ ।
बोइङले उत्पापदन सुरु गर्ने घोषणा गरेपनि विश्वभर बन्द भएका एयरलाइन्सहरु अहिले नगद अभावसँग जुधिरहेका छन्। यस्तोमा डेलिभरीको समस्या हुसक्ने बताइएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !