
एजेन्सी इजरायल, वैशाख १६ ।
इजरायलमा कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि दश लाखभन्दा बढी बेरोजगार भएका छन् ।इजरायली रोजगार सेवा (आइईएस) ले दिएको जानकारीअनुसार अहिलेसम्म दश लाख ११ हजार २०५ जना बेरोजगार भएका हुन्।
यो विवरण यही मार्च १ यताको भएको अधिकारीहरुले बताएका छन्। त्यसको तीन दिनपछि इजरायलमा पहिलो कोरोनाभाइरस सङ्क्रमित भेटिएका थिए।आइतबार मात्रै त्यहाँ ११ हजार ९३० जनाले बेरोजगार भत्ताका लागि निवेदन पनि दिएका छन्।
इजरायलमा बेरोजगार भत्ताका लागि दैनिक निवेदन पर्ने गरेको छ।त्यसमध्ये अप्रिल ५ देखि अहिलेसम्म निवेदन दिएकामध्ये आइतबारको संख्या सबैभन्दा धेरै हो।
यो विषयमा टिप्पणी गर्नुहोस् !