Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

हुलाकी सडकको निर्माण शुरु


हुलाकी सडकको निर्माण शुरु

Background of asphalt roller that stack and press hot asphalt. Road repair machine.

रासस
राजविराज, बैशाख १५ ।

लकडाउनका कारण एक महिनादेखि बन्द रहेको हुलाकी सडकको निर्माण कार्य शुरु भएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लागू गरेकोे लकडाउनमा पनि सुरक्षा सर्तकता अपनाएर सप्तरीको राजविराज-कञ्चनपुर सडक खण्डअन्तर्गतको हुलाकी सडक निर्माण कार्य शुरु गरिएको हो ।

कामदारबीच भौतिक तथा सामाजिक दूरी कायम राखी आवश्यक सुरक्षा सर्तकता अपनाएर काम शुरु गरिएको बज्रगुरु कन्स्ट्रक्सन कम्पनीका आयोजना व्यवस्थापक कलियान गौतमले बताए ।

बज्रगुरु कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएका राजविराज-कञ्चनपुर सडकअन्तर्गतको बनौलीदेखि सोनरा पकरीसम्मको तत्काल आठ किलोमिटरको हुलाकी सडकको निर्माण कार्य गर्न बाटोमा अहिले माटो दिएर मिलाउने काम शुरु गरिएको हो ।

तराई-मधेशको ‘लाइफलाइन’ भनिएको हुलाकी राजमार्गको निर्माण सडकमा अहिले माटो मिलान गर्ने काम तीव्र रुपमा थालिएको कम्पनीका व्यवस्थापक गौतमले जानकारी दिनुभयो ।

“सडक निर्माण शुरु भएको छ”, उनले भन्छन्, “यस क्षेत्रको महत्वपूर्ण योजनाको काममा ढिलाइ हुँदा विकास निर्माण पूरै प्रभावित हुने अवस्था आएपछि निरन्तर समन्वयपछि काम शुरु भएको छ ।”

प्रमुख जिल्ला अधिकारीसँग निरन्तर छलफलपछि निर्माण कार्य शुरु भएको उनको भनाइ छ । “सामाजिक दूरी कायम गरेर निर्माणस्थलमा काम भइरहेको छ”, उनले भन्छन्, “वर्षाअगावै सक्नुपर्ने सडकमा थुपारिएको माटोलाई अहिले धमाधम डोजर र जेसिबीबाट मिलाउने कार्य भइरहेको छ ।”

लकडाउनको मौका छोपी यो सडकखण्ड सुधारको काम गर्न लागिएको बताउँदै उनले वर्षा शुरु हुनुभन्दा पहिला नै माटो मिलाउने र गिट्टी बिछ्याउने काम सम्पन्न गर्ने व्यवस्थापक गौतमले बताए ।

लकडाउनको समयमा उक्त सडकमा अहिले मानिस र सवारी साधन कम चल्ने भएकाले पनि निर्माण काम गर्न सजिलो भइरहेको उनको भनाइ छ ।

हुलाकी सडक खण्डको बाटो टेढो होचो भएका कारणले पनि काम गर्न समस्या भइरहेको उल्लेख गर्दै उनले राजविराज-कञ्चनपुर सडक खण्डको अधिकांश ठाउँमा बिजुलीको पोल र पोलमा थुपारिएका तारसमेत समयमा नहटाएका कारण काम गर्न समस्या भइरहेको बताए ।

त्यस्तै हुलाकी सडक खण्डको विभिन्न ठाउँमा नेपालकै पुरानो चन्द्रनहर भिडेका कारण पनि यसको निर्माणमा समस्या भइरहेको बताउँदै गौतमले भन्छन्, “चन्द्रनहरको पुरानो संरचनाअनुसार बाटो नछुट्याएकाले कहाँ कसरी बाटो बनाउने भने समस्या भइरहेको छ ।”

लकडाउनका कारण चन्द्रनहर र हुलाकी सडकको नयाँ नक्सा अहिलेसम्म नआएका कारण पनि हुलाकी सडक निर्माणमा ढिलाइ भएको बताउँदै उनले समयमै हुलाकी सडक निर्माण गर्ने योजना रहेको छ भन्छन् ।

करिब रु ८४ करोड लागतमा राजविराज–कञ्चनपुर सडक खण्डको २० किलो मिटर हुलाकी सडक निर्माण थालिएको सो कम्पनीले जनाएको छ । हुलाकी सडकको अन्य ठाउँमा पनि लकडाउनको समयमा सामाजिक दूरी कायम गरी छिट्टै काम शुरु गरिने पनि गौतमले बताए ।

तत्काल बनौलीदेखि सोनरा पकरीको खाडो नदीसम्म र त्यहाँदेखि राजविराजसम्मको सडकको निर्माण कार्य शुरु गरिने कम्पनीले जनाएको छ ।

हुलाकी सडक निर्माणको काम सन् २०२० सम्म सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । तर अहिलेसम्म ५० प्रतिशत पनि काम हुन सकेको छैन । लकडाउनका कारण पनि विगत एक महिनादेखि काम प्रभावित भएकोे जनाइएको छ ।

लकडाउनका कारण सवारी साधन सञ्चालन नहुँदा बालुवा, गिट्टी उपलब्ध नभएर केही ठाउँमा काम रोकिएको भए पनि यसको व्यवस्थापन स्थानीय सरकारले गरेमा हामी छिट्टै कामलाई तीव्रता दिइने गौतमले बताए ।

हुलाकी सडक निर्माणमा माटो र गिट्टी ढुवानीमा सहजता भयो भने यसको निर्माण कार्य छिटो छरितो गर्न सकिने कम्पनीले जनाएको छ ।

Tags: सडक निर्माण

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

9 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

10 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

11 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

11 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

11 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

11 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

11 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

9 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

10 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

11 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

11 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

11 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

11 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.