
रासस
जनकपुरधाम, बैशाख १४ ।
नेपाल-भारत मैत्री युवा सङ्घ र गजेन्द्रनारायण प्रतिष्ठानले संयुक्त रुपमा प्रदेश नं २ मा कोभिड–१९ को जोखिम हुन नदिन आवश्यक पर्ने सामग्री प्रदान गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष एवं सांसद अनिल झा र समाजका केन्द्रीय सदस्य जीवनाथ चौंधरीले सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई आज रु आठ लाख मूल्य बराबरका सामग्री प्रदान गर्नुभएको हो ।

ती सामाग्रीमा पिपिइ सेट १०० थान, एन९५ मास्क १०० थान, सर्जिकल मास्क तीन हजार थान, फेससेट २०० थान, हेडक्याप २०० थान, गगल्स १०० थान, बेस्ट ब्याग १०० थान, शु–कभर १०० थान, सर्जिकल ग्लोब्स दुई हजार थान र स्यानिटाइजर एक कार्टुनलगायत रहेको सो युवा सङ्घका जिल्ला सदस्यद्वय पङ्कज महतो र चन्दन रायले जानकारी दिए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !