द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख १४ ।
लकडाउन चलिरहेको समय पनि सिरहामा लागुऔषधको तस्करी घटेको छैन् । लकडाउनमा समेत सिरहामा लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका वडा नं. २ का २८ वर्षीय मोहमद सविर अंसारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।
अंसारीलाई प्रहरी चौकी कचनारी सिरहाबाट खटेको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका वडा नं. १ छोटकिटोलबाट लागुऔषध नाईट्रोभेट १५ पिस, डाइजेल्याब ९ एम्पुल, फेनर्गन ९ एम्पुल र नोरफिन ९ एम्पुल सहित नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको हो ।
पक्राउ परेका अन्सारीलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय महेशपुरपतारमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक घिमिरेले जानकारी दिए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !