
द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख १४ ।
वीरगञ्जमा लगातार ३ पटक गरिएको र्र्यािपड टेस्टको रिपोर्ट पोजिटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको हो । ब्लड क्यान्सरले ग्रसीत ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो ।
नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायका अनुसार युवतीको शव अहिले नारायणी अस्पतालमै छ । उनको मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा आइतबार बिहान पठाइएको उपाध्यायले बताए ।
‘३ पटक लगातार र्या्पिड टेष्टमा रिपोर्ट पोजिटिभ आएपछि शंकास्पद देखियो, यकीन गर्न स्वाब हेटौँडा पठाएका छौ’ मेसु उपाध्यायले भने ।एक महिना पहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएको थियो । स्वास्थ्यमा समस्या आएपछि अभिभावकले नेशनल मेडिकल कलेजमा लगेका थिए ।
तर, मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फर्काएपछि उनलाई एडभान्स हस्प्टिलमा भर्ना गरिएको थियो । एडभान्स हस्पिटलले पनि आइसीयू बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले युवतीलाई तराई हस्पिटलमा पुर्याएका थिए ।
शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको र्या्पिड टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि अर्काे पटक पनि रिपोर्ट पोजेटिभ आएको थियो । लगातार तराई हस्प्टिलमा आरडिटी रिपोर्ट पोजेटिभ आएपछि शनिबार राति नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले पनि युवतीको आरडिटी टेष्ट गरेका थिए ।
तेश्रो पटकको टेष्ट रिपोर्ट पनि पोजिटिभ आएपछि युवतीलाई तराई हस्पिटलबाट नारायणी अस्पताल लैजाने क्रममा आइतबार बिहान १ बजे मृत्यु भएको हो ।
यो विषयमा टिप्पणी गर्नुहोस् !