
द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख १४ ।
वीरगञ्ज महानगरपालिकाको छपकैयाँमा दुईजनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । छपकैयाँको मस्जिदमा बसेका कोरोनाबाट संक्रतिम तीनजना भारतीयहरुको सम्पर्कमा आएका दुई जनाको स्वाब लिई परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।
उनीहरु दूबै जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सह प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्ल्लेख छ ।
यी दुईजनाको रिपोर्ट सार्वजनिक आए संगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ५१ पुगेको छ भने प्रदेश दुईमा कोरोना संक्रतिमको संख्या ७ पुगेको छ । अहिले दुवैजनालाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । एकजना वीरगंज महानगरपालिका वडा नम्बर ३को सफाइ कर्मचारी रहेको बताइएको छ ।
भने अर्का व्यक्ति वीरगंज महाननगरपालिका वडा नम्बर १६को रहेको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले जानकारी दिएका छन् यता छपकैयाँमा कोरोनाबाट दुई जनाको संक्रमणको पुष्टी भएको सो वडालाई सिल गरिएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !