Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

स्वाब सङ्कलनका लागि प्रदेश नं २ मा आठ टोली परिचालन

अस्पतालमा चिकित्सकले बिरामीको उपचार गर्न मानेन  उल्टै दुव्र्यवहारको सामना गर्नु पर्यो

रासस

धनुषा, बैशाख १३ ।

प्रदेश नं २ को सर्लाही जिल्लाको धनकौल गाउँपालिका-५ बस्ने एक किशोरमा कोरोना सङ्क्रमित पुष्टि भएपछि उनको परिवारका सदस्यको स्वाब सङ्कलनका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

यस सम्बन्धमा प्रदेश नं २ को समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले शुक्रबार पत्रकार सम्मेलनमार्फत सो जानकारी गराए । उक्त किशोरको वैशाख ५ गते आरडिटी परीक्षण गर्दा पोजिटिभ नतिजा आएपछि पिसीआर मेसिनबाट परीक्षणका लागि स्वाब लिएर राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।

त्यहाँबाट वैशाख ११ गते किशोरको रिपोर्ट पोजेटिभ आएपछि उनको परिवारका साथै सम्पर्कमा आएका व्यक्तिको स्वाब सङ्कलनका लागि टोली खटिएको हो ।

दिल्लीमा बस्दै गरेका किशोर चैत २३ गते भारतको चम्पारण जिल्लास्थित ढाकाको क्वारेन्टाइनमा आठ दिन बसेका थिए । त्यहाँबाट उनीसहित आठ जना एम्बुलेन्समा बसेर रौतहटको बैरगनिया आएको र त्यहाँबाट एक जनालाई साथमा लिएर आफ्नो घर हरकट्वा आइपुगेको सचिव डा घिमिरेले बताए । परिवारका सदस्यले उनलाई घरमा बस्न नदिएपछि स्थानीय विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । किशोरको यात्राका साथै सम्पर्क गरेको व्यक्तिको खोजीकार्य पनि भइरहेको उनले बताए ।

यसैबीच प्रदेश नं २ मा एक हजार ५०० जनाको स्वाब सङ्कलन गर्ने उद्देश्यका साथ केन्द्रका छ र प्रदेशका दुई गरी आठ स्वास्थ्यकर्मी टोली प्रदेशका आठवटै जिल्लामा परिचालन भएका छन् । सो टोलीलाई स्थानीय स्वास्थ्यका प्राविधिकले समेत सहयोग गर्नेछन् । ती स्वाबको रिपोर्टपछि यस प्रदेशमा कोरोनाको वस्तुस्थितिबारे जानकारी प्राप्त हुने उनले बताए ।

यस प्रदेशमा अहिलेसम्ममा चार हजार ३३१ जनाको आरडिटी परीक्षण गरिएको छ । सोअन्तर्गत सप्तरीमा ७१५, सिरहामा ३२१, धनुषामा ३१०, महोत्तरीमा १५०, सर्लाहीमा १२५, रौतहटमा ४४१, बारामा १२९ र पर्सामा दुई हजार ९८ को आरडिटी परीक्षण गरिएको हो । यसका साथै ६६६ जनाको पिसीआर गरिएकामा ६१६ को रिपोर्ट नेगेटिभ आएको, ४५ को रिपोर्ट आउन बाँकी रहेको छ भने पाँच कोरोना सङ्क्रमित छन् । ती पाँचै जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

यस प्रदेशमा एक हजार ३६६ क्वारेन्टाइनमा, एक हजार ६३९ होम क्वारेन्टाइनमा र १३ जना आइसोलेसनमा रहेको सचिव डा घिमिरेले जानकारी गराए ।

Tags: टोली परिचालन

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy