द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, बैशाख १३ । काठमाडौ बाट उदयपुर जाँदै गरेको बस महोत्तरीको बर्दिबासमा दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको हो । लकडाउन्को कारण अलपत्र परेका ब्यक्तिहरुलाई उदयपुर लग्ने क्रममा आज बिहान महोत्तरीको बर्दिबाँस नगरपालिका वडा नं. ३ स्थित पाटुमा बस पल्टिँदा बसका सह-चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधब प्रसाद बुढाथोकीले जानकारी दिए ।
दोलखाको तामाकोसी २ का २४ वर्षीय बसको सह-चालक बाबुराम विकको घटना स्थलमै मृत्यु भएको र श्वकर्माको घटनास्थलमा ज्यान गएको २२ वर्षीय प्रदीप विक गम्भीर घाइते रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।
बसमा ३५ जना सवार थिए भने उनीहरु समान्य घाइते रहेको र उनीहरूलाई अर्को बसको ब्यबस्था गरि उदयपुर पठाइएको बुढाथोकीले जानकारी दिए ।लकडाउनको कारण काठमाडौमा फँसेका उदयपुरका ३५ जनालाई बा ३ ख ४०३६ नम्बरको बस शुक्रबार राति काठमाण्डौंबाट लिएर उदयपुर हिडेको थियो।
यो विषयमा टिप्पणी गर्नुहोस् !