
रासस
काठमाण्डौ, बैशाख १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आज दुई अध्यादेश खारेज गर्नुभएको छ । ती अध्यादेश यही वैशाख ८ गते जारी गरिएको थियो ।
नेपालको संविधानबमोजिम (‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्य्विधि) (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !