
द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाखा १२ । सर्लाहीको १४ वर्षीय बालकमा कोरोना भाईरसको संक्रमण रहेको पुष्टि भएपछि सर्लाहीको हरकठवा स्थानलाई सिल गरिएको छ । गत चैत २३ गते भारतको दिल्लीबाट गाउँ फर्केका उक्त बालकको पिसिआर रिपोर्ट पोजेटिभ पाईएपछि उक्त स्थानलाई पूर्ण रुपले सिल गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।
उनले भने ‘हिजो काठमाण्डौँको टेकु अस्पतालले बालकमा कोरोना भाईरस रहेको पुष्टि गरेपछि हामी हरकठबा गाउँलाई सिल गर्ने निर्णय गरेका हौँ, हिजो साँझ देखि नै उक्त स्थान सिल गरिएको हो ।भारतको दिल्लीमा मजुदरी गर्दै आएका उक्त बालकको गाउँमै आरडीटी टेष्ट गर्दा पोजेटिभ पाईएको थियो पछि उनलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याई उनको स्वाब लिई पिसिआर परीक्षण गरिएको थियो ।
प्रादेशिक अस्पतालको पिसिआर रिपोर्ट निगेटिभ देखिएपछि उनको रिपोर्ट माथि शंका लागेर उनको स्वाब पुनः टेष्टका लागि काठमाण्डौँको टेकु अस्पताल पठाईएको थियो । प्रादेशिक अस्पतालको पिसिआर मेशिनले बालकमा कोरोना निगेटिभ रहेको रिपोर्ट दिएपछि उक्त बालकलाई पुनः सर्लाही नै पठाईएको थियो ।
यो विषयमा टिप्पणी गर्नुहोस् !