
द सौर्य मिथिलासमाचारदाता
जनकपुरधाम, वैशाख १२ । जिल्ला प्रशासन कार्यालय धनुषाले आज धनुषामा रहेको विभिन्न मस्जिद तथा मदरसाहरुमा अनुगमन गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको नेतृत्वमा धनुषामा रहेको विभिन्न ११ वटा मस्जिदहरुमा अनुगमन गरिएको हो ।

कोरोना भाइरसको संक्रमणको त्रास बढि रहेको बेला प्रशासन कार्यालयले आज अनुगमन गरेको हो । अनुगमनको क्रममा प्रजिअ निरौलाले यो समस्या सधैका लागि नभएकोले यस्तो समयमा सबैले लकडाउन पूर्ण रुपमा लागू गराउनका लागि सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने ‘ यो एक ठाउँको समस्या होईन यस्तो समयमा आफु बचे मात्रै समाजलाई जोगाउन सकिन्छ त्यसैले अहिलेको समयमा भीडभाड नगरी सुरक्षित साथ बस्नुपर्ने आवश्यकता रहेको छ । ’
अनुगमनको क्रममा मुस्लिम धर्मगुरुहरुले भोलीदेखि मुस्लिम धर्मालम्बीहरुको पर्व रमजान सुरु हुन गईरहेकोले नमाज पढ्नका लागि प्रहरी प्रशासनबाट रोकटोक हुनु नपर्ने माग गरे ।
यो विषयमा टिप्पणी गर्नुहोस् !