
द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख १२ । जनकपुरधामको प्रादेशिक अस्पतालमा रहेको कोरोना सम्बन्धी जाँच गर्ने पिसिआर मेसिनले सर्लाहीका १४ वर्षीय बालकको कोरोना संक्रमणको रिपोर्ट निगेटिभ देखाएपछि मेशिनले देखाएको टेष्ट भ्यालिड छ वा छैन् भन्नेबारे जाँच गरिएको छ ।
आरडीटी रिपोर्ट पोजेटि देखिएको सर्लाहीका उक्त बालकको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको पिसिआर मेशिनले उनको रिपोर्ट निगेटिभ देखाएपछि विज्ञहरुसँग भिडियो कन्फ्रेन्स गरी उक्त पिसिआर मेशिनको भ्यालिडेशन जाँच गरिएको हो ।
प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक डाक्टर रामविनय साहले मेशिनबाट चेकजाँच गर्न गल्ती भएको हो वा चिकित्सहरुबाट भन्ने बारे हामी स्वाब लिईएका शंकास्पद बिरामीहरुको रिपोर्ट भिडियो कन्फ्रेन्स मार्फत् पिसिआर मेशिनमा चेकजाँच गरिरहेको बताए ।
उनले भने ‘हामीले उक्त बालकको स्वाबलाई दुई चोटी पिसिआर गरेका थियौँ तर दुबै चोटी उनको रिपोर्ट निगेटिभ नै देखाएको थियो, त्यसैले हामीलाई शंका लागेर उनको स्वाबलाई काठमाण्डौँ पठाएका थियौँ , उनका अनुसार प्रादेशिक अस्पताल स्वाब लिन र परीक्षण गर्न बन्द नगरी मेशिनको रिपोर्ट कतिको भ्यालिड छ भन्ने एकीन गर्न एक एक कुरा भिडियो कन्फ्रेन्स मार्फत् विज्ञहरुसँग हिजैदेखि छलफल जारी रहेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !