
एजेन्सी अमेरिका, वैशाख १२ । अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले विश्व स्वास्थ्य संगठनको ’ओवरहल’ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।योसँगै उनले डब्ल्युएचओलाई रोकिएको आर्थिक सहयोग महामारीपछि पनि रोकिन सक्ने बताउँदै उसको विकल्पमा खोजिने चेतावनी पनि दिएका छन्।
पोम्पीओले डब्लुएचओमाथि गरेको यो हमलालाई अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्सका डेमोक्र्या्टिक सासंदहरूले महामारी नियन्त्रणमा आफ्नो कमजोरी लुकाउन ट्रम्प प्रशासनले संस्थालाई ’बलिको बोको’ बनाउन खोजेको आरोप लगाएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखेको पत्रमा उनीहरूले अमेरिकी सहयोग यथावत गर्न आह्वान गरेका छन्।गत साता ट्रम्पले डब्लुएचओ चीनको पक्षमा लागेको र प्रकोपका बारे समयमै सुचना नदिएको आरोप लगाउँदै आर्थिक सहयोग बन्द गरेका थिए।पोम्पीओले बुधवार फक्स न्यूजलाई कमीकमजोरीहरु सच्याउन डब्लुएचओको संरचनामा परिवर्तन आवश्यक रहेको दाबी गरे।
’यदि संस्थाले आफ्नो काम राम्रोसँग गर्छ भने संयुक्त राज्य अमेरिकाले जहिले पनि नेतृत्व लिनेछ र त्यसको एक हिस्सा हुनेछ। जब सही सुचना चाँडै संचार हुँदैन तब अपेक्षित परिणामहरू प्राप्त गर्न असफल भइन्छ, हामी विश्वका अन्य साझेदारहरूसँग नयाँ संरचनाका बारेमा छलफल गर्नेछौं’, उनले भने।
डब्लुएचओले भने बारम्बार ट्रम्प प्रशासनको आरोपलाई अस्वीकार गर्दै आइरहेको छ। चीनले समेत यस विषयमा आफु पारदर्शी र खुला रहेको बताउँदै आएको छ।अन्तराष्ट्रिय विकासको अमेरिकी नियोगका कार्यवाहक प्रमुखले बुधबार संयुक्त राज्यले डब्ल्युएचओ राम्ररी संचालन भए(नभएको बारेमा अध्ययन गर्नुपर्ने र यो भन्दा बाहिरको साझेदारको पनि खोजी गर्नुपर्ने बताएका छन्।
यो विषयमा टिप्पणी गर्नुहोस् !