
एजेन्सी, बैशाख १२ । भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ७४९ पुगेको छ भने त्यसबाट संक्रमित हुनेको संख्या २३ हजार ७७ पुगेको छ । केन्द्रिय स्वास्थ्य एंव परिवार कल्याण मन्त्रालयले जारी गरेको नयाँ तथ्यांक अनुसार अहिलेसम्म ७१८ जनाको मृत्यु भएको छ । ४ हजार ७ सय ४९ जना उपचारपछि निको भएका छन् ।
भारतमा संक्रमितको सबैभन्दा बढी संक्रमित महाराष्ट्र रहेका छन् । त्यहाँ ६ हजार ४ सय ३० जना संक्रमण फैलिएको छ भने २ सय ८३ जनाले ज्यान गुमाएका छन् । यस्तै गुजरातमा १ सय १२ जना तथा दिल्लीमा ५० जनाले ज्यान गुमाएका छन् भने मध्य प्रदेशमा ८६ जनाले ज्यान गुमाएका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !