द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, वैशाख ११ । सर्लाहीका एक जना बालकमा कोरोना भाईरसको संक्रमण पोजेटिभ देखिएको छ । गत शुक्रबार पिसिआर चेकजाँच गराउन जनकपुरधाम ल्याईएका १४ वर्षीय बालकमा कोरोना भाईरसको संक्रमण रहेको पुष्टि भएको हो ।
सर्लाहीको धनकौल गाउँपालिका घर भएका उक्त बालकको गत शुक्रबार आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पिसिआर चेकजाँचका लागि ल्याईएको थियो ।बालक गत चैत २३ गते भारतको राजधानी दिल्लीबाट धनकौल फर्केका थिए ।
भारतबाट आएको जानकारी पाएपछि प्रहरीले उनलाई गाउँकै क्वारेन्टाईनमा राखेको थियो ।यता धनुषाका प्रमुख जिल्ला अधिकारी कोष हरि निरौलाले सर्लाहीबाट पिसिआर चेकजाँचका लागि ल्याईका १४ वर्षीय बालकमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।उनले भने ‘सुरुमा पिसिआर चेकजाँच गर्दा निगेटिभ नै आएको थियो तर पछि शंका लागेर पुनः चेकजाँचका लागि रिपोर्ट काठमाण्डौँ पठाईयो जसमा पोजेटिभ नतिजा आएको छ ।’
स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर दुईका वरिष्ठ प्रशासक डाक्टर विजयकुमार झाले भने ‘प्रादेशिक अस्पतालमा रिपोर्ट निगेटिभ देखिएपनि हामीले पुनः जाँचका लागि उक्त रिपोर्ट काठमाण्डौँ पठाएका थियौँ जुन रिपोर्टमा कोरोनाको रिजल्ट पोजेटिभ देखिएको छ ।उनका अनुसार बालकको पिसिआर रिपोर्ट निगेटिभ आएपछि उनलाई सर्लाही पठाईएको थियो ।
उनले अगाडी भने ‘ अहिले हामी यहाँबाट एम्बुलेन्स पठाउँदै छौँ बालकलाई अहिले घरमा राखिएको छ वा क्वारेन्टाईन हामीलाई जानकारी छैन्, घरमा भए तत्कालै सर्लाहीबाट नजिक पर्ने नारायणी वा प्रादेशिक अस्पताल जनकपुर ल्याई आईसोलेशनमा भर्ना गरिने छ ।’बालक दिल्लीमा मजदुरी गर्दै आएको खुलेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !