
एजेन्सी, बैशाख ११ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीव्र गतिमा बढिरहेको छ । बुधबार एकै दिन १४ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
योसँगै भारतमा कुल संक्रमितको संख्या २० हजार भन्दा बढी पुगेको छ । यसअघि गएको सोमबार एकै दिन १५ सय भन्दा बढीमा नयाँ संक्रमण पुष्टि भएको थियो ।यस्तै बुधबार थप ४९ जनाको कोभिड–१९ बाट मृत्यु भएसँगै भारतमा ज्यान गुमाउनेको कुल संख्या ६८१ पुगेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !