
एजेन्सी जेनेभा, वैशाख ११ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुखले बुधबार ट्रम्प प्रशासनले आर्थिक सहायता रोक्ने निर्णयमा पुनःविचार गर्ने आशा रहेको बताएका छन्।यो सँगै उनले आफ्नो मुख्य ध्यान महामारीको अन्त्य गर्ने र जीवन बचाउनमा रहेको पनि बताए।संगठनका महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले अफ्रिका, मध्य अमेरिका र दक्षिण अमेरिकाका केही भागहरूमा महामारी फैलदै गएकोमा चिन्ता व्यक्त गरेका छन्।
’अधिकांश देशहरू अझै पनि महामारीको प्रारम्भिक चरणमा छन् भने पहिला नै महामारीको सुरू भएका देशमा पुनरुत्थान देख्न थालिएको छ’, टेड्रोसले जेनिभा पत्रकारहरूलाई भर्चुअल ब्रिफिङमा भने, ’हामीले कुनै गल्ती गर्नु भएन। यो भाइरस हामीसँग लामो समयसम्म रहनेछ।’ट्रम्पले गत हप्ता डब्लुएचओले महामारीबारे चीनको पक्ष लिएको र महामारीको व्यवस्थापनमा चुकेको बताउँदै प्रदान गर्दै आएको आर्थिक सहायता रोक्ने निर्णय गरेका थिए।
’मलाई आशा छ कि रकम रोक्ने सन्दर्भमा पुनः विचार हुनेछ र संयुक्त राज्यले फेरि एकपटक डब्लुएचओको कामलाई समर्थन गर्नेछ’, टेड्रोसले भने, ’मलाई आशा छ कि अमेरिकाले यो लगानीको महत्व बुझ्नेछ र यसमा विश्वास गर्नेछ। अरुलाई सहयोग गर्न मात्र होइन, अमेरिकालाई पनि सुरक्षित रहनका लागि यो आर्थिक सहयोग निकै महत्वपूर्ण छ।’
टेड्रोसले भने, ’विश्वको प्रतिरक्षामा अझे पनि धेरै खाडल छ। कुनै पनि देशसँग सबै व्यवस्था र स्थान छैन।’उनले संगठनले आपतकालिन घोषणा ठिक समय गरेको दाबीलाई पुनः दोहोर्याएका छन्। त्यतिबेला विश्वका अन्य देशहरूसँग कोरोनाबाट बच्न पर्याप्त समय भएको बताए।
यो विषयमा टिप्पणी गर्नुहोस् !