एजेन्सी बर्लिन, वैशाख ११ ।कोरोना भाइरसको महामारीबाट जोगिन जर्मनीका सबै राज्यले अनिवार्य फेसमास्क प्रयोग गर्नुपर्ने योजनाको घोषणा गरेका छन्।यसमा ब्रेमेन शहरले मात्र सहमति जनाउन बाँकी रहेको बिबिसीले जनाएको छ। ब्रेमेनको सिनेटले शुक्रबारसम्म निर्णय दिने बताएको छ।सार्वजनिक स्थल, सार्वजनिक गाडीतिर यातायात गर्दा होस् वा किनमेलका लागि बजार जादाँ, मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ।
तर बर्लिन शहरमा भने किनमेलको समयमा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छैन।दक्षिण-पश्चिममा राइनल्याण्ड-प्यालाटिनेटले स्कुलहरू पुनः संचालन गर्न लागेको जनाउँदै विद्यार्थीहरूलाई पुनः प्रयोग गर्न मिल्ने मास्क दिने बताएको छ।यस्तै बेभरियामा सात वर्ष माथिका सबैले अनिवार्य मास्क लगाउनुपर्नेछ।
राष्ट्रव्यापी लकडाउनमा खुकुलो गरेपछि गत हप्ता नै चान्सलर एन्जेला मार्केलले मास्क प्रयोग गर्नुपर्नेमा जोड दिएकी थिइन।यसैगरी लकडाउन खुकुलो बनाउने तयारी गरिरहेका युरोपेली मुलुकहरूले मास्क प्रयोगका बारेमा विभिन्न नियम जारी गरेका छन्।अस्ट्रियाले यसै महिनाको सुरुबाट किनमेलमा जादाँ अनिवार्य मास्क लगाउनुपर्ने नियम लगाइसकेको छ।
बुधबारबाट प्रतिबन्धहरु खुकुलो पारेको स्विजरल्याण्डले आफ्ना नागरिकहरूलाई मास्क लगाउने लगाउने बताएको छ।जर्मनीको रोबर्ट कोच संस्थान (आरकेआई) ले हालसम्म जर्मनीमा १ लाख ४५ हजार ६ सय ९४ जनामा कोरोनाको संक्रमण भेटिएको र ४ हजार ८ सय ७९ जनाको मृत्यु भएको जनाएको छ।
यो विषयमा टिप्पणी गर्नुहोस् !