द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, वैशाख १० । जनकपुरधाम वडा नम्बर २२ स्थित बसविट्टी गाउँमा अवैधरुपमा गाँजा बिक्री वितरण लकडाउनको बेलामा पनि भईरहेको भन्दै स्थानीयवासीले सामाजिक दुरीको पालनाको गर्दै भेलाबाट कारवाहीको माग गरिएको छ ।अबैध रुपमा गाउँमै दुई जनाले गाँजा विक्री वितरण गर्दा पनि प्रहरीले कानूनी कारवाही नगरेको भन्दै वडाध्यक्ष शिवरत्न पाण्डेले गाउलेलाई भेला गराई कारवाहीको लागि प्रहरीलाई दवाव समेत दिएका छन् ।
स्थानीयवासीहरुले गाँजा विक्रि वितरण गरी टोल छिमेकको वातावरण नै जोखिममा रहेको र गाँजा सेवनले यूवा पुस्ताको भविष्य नै बर्वाद भईरहेको भन्दै स्थानीय एक जुट भएर प्रहरीसंग कारवाहीको माग गरेको हुन् ।टोलमा गाँंजा विक्री वितरण बढ़ेपछि अन्य दूर दराज गाउ टोलका व्यक्तिहरु समेत आउने गरेकोले गर्दा बसबिट्टीको सामाजिक अवस्था नै खराव भएपछि बाध्य भएर टोलका व्यक्तिहरु आज बैठक बसेको वार्ड २२ का अध्यक्ष शिवरत्न पाण्डेले जानकारी दिए ।लकडाउनको बेलामा बाहिरबाट समेत अपरिचित मानिसहरुको हुल आउने गरेको र विहानै देखि गाँजा सेवन गरिरहदाँ हामी त्रसित रहेको रंजित पाण्डेले बताए ।
उनले साँझ विद्यालयको प्रांगणमा बाहिर बाहिर बाट आएकाहरुले गाँजा सेवन गर्ने र सामाजिक मूल्य मान्यतालाई समेत तहसनहस भईंरहेको बताए ।बारम्बार स्थानीय प्रहरी चौकी जीरोमाइललाई जानकारी गराउदा समेत सेवन गर्ने र बेच्नेलाई कुनै कारवाही नभएको भन्दै रामकुमार चौधरीले आक्रोश व्यक्त गरे ।
यो विषयमा टिप्पणी गर्नुहोस् !