
एजेन्सी नयाँ दिल्ली, वैशाख १० । अमेरिकामा कोरोना भाइरसका कारण २४ घण्टाभित्रै २ हजार ७ सय ५१ को मृत्यु भएको छ।मंगलबार जोन्स होप्किन्स् युनिभर्सिटीले दिएको तथ्यांकका अनुसार गएको २४ घण्टामा मात्रै त्यतिको मृत्यु भएको हो।अमेरिकामा २४ घण्टाभित्र यति धेरै संख्यामा ज्यान गुमाएको पहिलो पटक हो।
त्यहाँ कोरोना भाइरस संक्रमितको संख्या आठ लाखभन्दा बढी छ।त्यस्तै, ४४ हजार ८ सय ४५ जनाले ज्यान गुमाइसकेका छन्।सोमबार(मंगलबारबीचमा मात्रै ४० हजार नयाँ संक्रमित थपिएका थिए।
यो विषयमा टिप्पणी गर्नुहोस् !