
एजेन्सी पाकिस्तान, वैशाख १० ।पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोरोना भाइरसको परीक्षण गर्नुपर्ने भएको छ।खानले साता अगाडि भेटेका पाकिस्तानका प्रख्यात समाजसेवी फैसल एधीलाई कोरोना संक्रमण भएको प्रमाणित भएपछि खानको परीक्षण गर्नुपर्ने भएको हो।मंगलबार उनका डाक्टरले कोरोना परीक्षण गर्नुपर्ने बताएका छन्।
’म उनीलाई भेट्नेछु र परीक्षणको सिफारिस गर्नेछु। हामी सबै प्रोटोकललाई पछ्याउने छौं र त्यसै अनुरुप सिफारिसहरू गर्नेछौं’, खानका नीजि चिकित्सक र शौकत खानुम मेमोरियल क्यान्सर अस्पतालका सिईओ फैसल सुल्तानले मिडियासँग भने।प्रोटोकोल अनुसार कोरोना भाइरस लागेका व्यक्तिलाई भेट गरेकाहरु आइसोलेशनमा बस्नुपर्छ।पाकिस्तानमा मगंलबार मात्र कोरोना भाइरसबाट १६ जनाको मृत्यु भएको छ। यो सँगै पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ९२२ पुगेको छ।
हालसम्म त्यहाँ ९ हजार बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ।अप्रिल १५ मा एधीका छोरा सादले डन समाचारपत्रलाई आफ्ना बाबुले कोरोनाको लक्षणहरू देखाउन थालेको बताएका थिए।एधीले प्रधानमन्त्री खानलाई कोरोना भाइरस राहत कोषका लागि १० करोडको चेक हस्तान्तरण गर्ने क्रममा भेटका थिए।एधी फाउन्डेसन पाकिस्तानमा एक प्रमुख प्रमुख परोपकारी संस्था हो।
यो विषयमा टिप्पणी गर्नुहोस् !