Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

खाड़ीमा रहेका युवा भन्छन् : घर फर्किने आशा नै मरी सक्यो

खाड़ीमा रहेका युवा भन्छन् : घर फर्किने आशा नै मरी सक्यो

द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, वैशाख १० । धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ जमुनियाका २९ वर्षीय दिपक यादव वैदेशिक रोजगारीको शिलशिलामा विगत पाँच वर्षदेखि साउदी अरबमा बस्दै आएका छन् । उनी साउदीस्थित एक होटेलमा काम गर्दै आएका छन् ।

घरपरिवार सुखीपूर्वक खान लाउन सक्ने आशामा विदेशिएका दिपकलाई भने अब घर फर्किछु पनि की नाई जस्तो लाग्न थालेको छ ।

दिपकलाई घर फर्किन समेत एक महिना मात्रै बाँकी रहेको थियो र उनी त्यसका लागि साउदीस्थित नेपाली राजदुताबासमा समेत पुगेका थिए । तर विश्वभर उग्र महामारीको रुप लिईसकेको कोरोना भाईरसका कारण साउदी सरकारले लकडाउनको घोषणा गरेपछि उनी घर फर्किनबाट भने वञ्चित भए ।

हुनत उनी राजदूतावास पुग्दा साउदीका लागि नेपाली राजदुत महेन्द्र सिंहसँग समेत भेटेका थिए र भेटको क्रममा उनले राजदुत सिंहबाट साउदीमा लकडाउनमा फसेका कामदारहरुको समस्याबारे चाँडै कुनै न कुनै निर्णय लिईने आश्वासन समेत पाएका थिए तर राजदुत सिंहको त्यो आश्वासन भने त्यसमै सिमित हुन पुग्यो ।

दिपक भन्छन् ‘साउदीमा दिनप्रतिदिन कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढ्दै गएको छ २४ सौँ घण्टा कफ्र्यु लगाईएको छ, बिहान एक जना गरी मात्रै समान किन्नका लागि निस्किन दिईन्छ त्यसमा पनि चाहिने सबै कुरा पाउन समेत गाह्रो छ, यदि पाईहाले भने एकदमै मँहगो हामी जस्ताले धान्न मुश्किल छ ।’

हुनत मैले काम गर्ने कम्पनीले अहिलेसम्म मासिक पारिश्रमिक समयमै दिदैँ आईरहेको छ तर लकडाउन लम्बिदै गयो भने हाम्रो तलब समेत कटौती गरिनेछ दिपकले बताए ।

घरपरिवार सुखी सम्पन्न बनाई आफ्नै देशमा काम गरी खाने सायद मेरो सपना खाडीको एउटा कोठामै तुहिन्छ जस्तो लाग्दैछ उनले भने ।विश्वभरी कोरोना भाईरसको संक्रमण बढेसँगै साउदी अरेबिया समेत आफ्नो देशलाई पूर्ण रुपले लकडाउन गरेको छ । देश नै लकडाउन भएपछि साउदीले आ–आफ्ना देशका नागरिकलाई लैजानका लागि विभिन्न देशलाई पत्राचार समेत गरिसकेको छ ।

यसक्रममा साउदी सरकारले नेपाल सरकारलाई समेत आफ्ना नागरिक लैजानका लागि पत्राचार गरिसकेको छ ।

यति धेरै समस्या छन् नेपाली राजदुवासमा आफ्ना समस्या राख्नु भएको छैन् भन्ने प्रश्नमा दिपकले भने ‘हामी पटक पटक सम्पर्क गरिरहेका छौँ तर गएको दुई दिनदेखि राजदुत सिंहको फोन नै स्वीच अफ छ, राजदूतावासमा फोन गर्दा फोन उठ्छ तर फेरी होल्डमा राखिन्छ, कसरी सम्पर्क गरुँ कसलाई सम्पर्क गरुँ ।’

उनी जस्तै पीड़ामा छन् धनुषा जिल्लाकै २७ वर्षीय सरोज सिद्धु । सरोज समेत घरपरिवारका विगत ३ वर्ष देखि उनी समेत साउदीको रियादमा बस्दै आएका छन् ।

उनी विगत ३ वर्षमा एक चोटी पनि घर आउन सकेका छैनन् न त १० महिनादेखि तलब नै पाउन सकेका छन् । उनी भन्छन् ‘१० महिनादेखि तलब पाएको छैन्, जसो तसो धान्दै आएको थिए, त्यसमाथि लकडाउन लागू भएपछि झन् समस्या भएको छ, घर फिर्ताका लागि राजदूतावासमा समेत पहल गरिदिन आग्रह गरेको थिए तर कुनै जवाफ आएन् कहिले खुल्ने हो लकडाउन यहाँ बाच्न गाह्रो हुँदैछ मलाई ।’

हुन त सरोजले तलब उपलब्ध गराउनका लागि साउदीको लेबर कोर्टमा मुद्दा समेत दिएका छन् तर अहिलेसम्म कुनै प्रकारको जवाफ नआएको उनी बताउँछन् ।

Tags: आशाकोरोनाभाईरसयुवालकडाउनवैदेशिक रोजगार

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

7 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy