द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख ९ ।राष्ट्रिय जनता पार्टी नेपालले सरकारले ल्याएको अध्यादेशप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । राजपाका संयोजक शरतसिंह भण्डारीले आज उक विज्ञप्ती जारी गर्दै विश्व कोरोना भाईरसको महमारी जस्तो जोखिबाट गुज्रिरहेको बेला सरकारले असामयकि र संवदेनहिन भई अध्यादेश ल्याएको आरोप लगाएका छन् । राजपा संयोजक भण्डारीले सरकारले ल्याएको अध्यादेशन तत्काल खारेज गर्न माग समेत गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ ‘ जनताले दिएको म्याण्डेट विपरीत मुलुकलाई राजनीतिप्रति वितृष्णा जगाउने गरी राजनीतिक दल विभाजन गर्न, भएको संसोधन गरी ल्याईएको अध्यादेश जनभावना विपरित स्थिरता, स्थायित्व र आर्थिक समृद्धिको आफ्नै मान्यताविरुद्ध मुलुकलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भएको भन्ने स्पष्ट भएको छ ।’
यो विषयमा टिप्पणी गर्नुहोस् !