द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख ९ ।धनुषाको एक इँटा भट्टामा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु हुँदा प्रहरी जानकारी नदिई शव त्यही गाडिएको खुलासा भएको छ । विदेह नगरपालिका वडा नम्बर–३ जोगियामा रहेको भगवती इँटा उद्योगमा कार्यरत ४० वर्षीय भारतीय नागरिक सुक्ता नदाफले शनिबार साँझ भट्टामा बिजुलीको तार जोड्ने क्रममा नाङ्गो तारमा छुँदा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएपनि सञ्चालकले प्रहरीललाई जानकारी नै नगराई शवलाई त्यही गाडेका थिए ।
मृतक नदाफको मृत्युबारे आफुहरुले सोमबार मात्र जानकारी पाएपछि आज बिहान भट्ठाका सञ्चालक अनिफ नदाफ र अजिम मंसुरीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । डिएसपी कार्कीका अनुसार मृतक नदाफको शव त्यहाँबाट ल्याई अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याईएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !